Trending
Prev Story
Next Story

कांग्रेस देउवा समूहको नवलपरासी पश्चिम जिल्ला सभापतिमा गोपी पुन चयन

Ekantipur •
November 18, 2026 • 02:32 PM
2
2 reads 0 reactions

मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट पुन निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले जिल्लाका दुवै संघीय निर्वाचन क्षेत्र र स्थानीय तहको नेतृत्व निर्विरोध चयन गरेको छ ।

कांग्रेस देउवा समूहको नवलपरासी पश्चिम जिल्ला सभापतिमा गोपी पुन चयन

मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट पुन निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले जिल्लाका दुवै संघीय निर्वाचन क्षेत्र र स्थानीय तहको नेतृत्व निर्विरोध चयन गरेको छ ।

परासी — नेपाली कांग्रेसको देउवा समूह पश्चिम नवलपरासीको सभापतिमा गोपी पुन चयन भएका छ्न् ।मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट पुन निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले जिल्लाका दुवै संघीय निर्वाचन क्षेत्र र  स्थानीय तहको नेतृत्व निर्विरोध चयन गरेको छ ।

अधिवेशनबाट क्षेत्र नम्बर १ को सभापतिमा राजु अधिकारी, क्षेत्र नम्बर २ को सभापतिमा विक्रम राना चयन भएको निर्वाचन अधिकृत राजेन्द्र खनालले बताए । यसीगरी रामग्राम नगर सभापतिमा प्रकाश चौधरी, सुनवल नगर सभापतिमा पुरुषोत्तम पाण्डेय, बर्दघाट नगर सभापतिमा तिलकुमारी श्रेष्ठ, पाल्हीनन्दन गाउँपालिका सभापतिमा तारानन्द बर्मा, सरावल गाउँपालिका सभापतिमा कृष्णदत्त लाल, प्रतापपुर गाउँपालिका सभापतिमा कमलेश्वर गुप्ता चयन भएका छन् ।

महाधिवेशन तथा प्रदेश प्रतिनिधि चयन अधिवेशनबाट केन्द्रीय महाधिवेशन र लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रतिनिधिहरूसमेत सर्वसम्मत चयन भएका छन् । जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट ३५ जना र क्षेत्र नम्बर २ बाट ३५ जना गरी जम्मा ७० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
कांग्रेस देउवा समूहको कोशी प्रदेश अधिवेशन मिति सर्‍‍यो

कांग्रेस देउवा समूहको कोशी प्रदेश अधिवेशन मिति सर्‍‍यो

३० कात्तिक, विराटनगर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको कोशी प्रदेश अधिवेशन मिति सरेको छ । यसअघि ४ मंसिरमा गर्ने तयारी थियो । तर तयारी नपुगेपछि १७ र १८ मंसिरमा अधिवेशन गर्ने गरी मिति तय …

#अधिवेशन #कांग्रेस #देउवा
Compare →
Nagarik News
6h ago
एमाले पुनः सरकारमा फर्किने ओलीको दाबी

एमाले पुनः सरकारमा फर्किने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन्।

#पुन
Compare →
Bizshala
9h ago
एनभिडियाले भन्यो– जेनसन हुआङलाई पुनः सीईओ बनाउने योजना छैन

एनभिडियाले भन्यो– जेनसन हुआङलाई पुनः सीईओ बनाउने योजना छैन

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेनसन हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने कुनै...

#पुन
Compare →
Hamro Patro News
20h ago
बहराइनमा इरानद्वारा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

बहराइनमा इरानद्वारा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

तेहरान । इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ । पाँच दिनभित्र बहराइनमाथि तीनपटक आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव बढेको छ । यसैबीच, अमेरिकाविरुद्ध ‘डर्टी बम’ प्रयोग गर्ने योजना बनाएक...

#पुन
Compare →

Related Stories

National (Nepal)
Build #2612