Trending
Prev Story
Next Story

एसियन क्लियरिङ युनियनको बैठक सम्पन्न, नेपाल राष्ट्र बैंकलाई अध्यक्षता हस्तान्तरण

Bizshala •
November 19, 2026 • 05:34 AM
4
4 reads 0 reactions

काठमाडौं । नेपाल राष्ट्र बैंकको आयोजनामा एसियन क्लियरिङ युनियन (एसीयू)को सञ्चालक समितिको ५४औँ बैठक काठमाडौंमा सम्पन्न...

एसियन क्लियरिङ युनियनको बैठक सम्पन्न, नेपाल राष्ट्र बैंकलाई अध्यक्षता हस्तान्तरण

काठमाडौं । नेपाल राष्ट्र बैंकको आयोजनामा एसियन क्लियरिङ युनियन (एसीयू)को सञ्चालक समितिको ५४औँ बैठक काठमाडौंमा सम्पन्न भएको छ। अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण तथा नीतिगत सुधारका विभिन्न विषयमा छलफल गर्दै उक्त बैठक सम्पन्न भएको हो।

एसीयूको स्थायी प्राविधिक समितिको बैठक नोभेम्बर १७ र सञ्चालक समितिको ५४औँ बैठक नोभेम्बर १८, २०२६ मा आयोजना गरिएको थियो।

बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नरसहित सदस्य राष्ट्रका केन्द्रीय बैंकका उच्च अधिकारी, पर्यवेक्षक तथा एसीयू सचिवालयका प्रतिनिधिहरूको सहभागिता थियो।

सञ्चालक समितिको ५४औँ बैठकले सन् २०२६र२७ का लागि एसीयूको अध्यक्षता नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरेको छ। सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अध्यक्षता ग्रहण गर्दै स्वागत मन्तव्य राखेका थिए।

गभर्नर पौडेलले एसीयूको उद्देश्यप्रति नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको उल्लेख गर्दै सदस्य राष्ट्रहरूबीच स्वदेशी मुद्राको प्रयोग गर्ने अवधारणाले बाह्य क्षेत्रको स्थायित्व सुदृढ बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।

उनले एसीयूको द्वैमासिक खुद फर्छ्यौट प्रणालीले सदस्य राष्ट्रहरूलाई भुक्तानी प्रक्रियामा आउन सक्ने सम्भावित कठिनाइबाट जोगाउन सुरक्षा कवचका रूपमा काम गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्राले निर्बाध र प्रभावकारी सीमापार भुक्तानी तथा फर्छ्यौट प्रणालीमा एसीयूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे। उनले संस्थागत सुदृढीकरण र निरन्तर कार्यसम्पादनका लागि सदस्यता विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

समापनपछि आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एसीयूले विगत ५० वर्षभन्दा लामो समयदेखि पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरे।

अर्थमन्त्री वाग्लेले विश्वव्यापी आर्थिक तथा भूराजनीतिक अनिश्चितताबाट सिर्जित चुनौतीहरूको सामना गर्न संस्थागत पारदर्शिता र आपसी विश्वास अपरिहार्य रहेकोमा जोड दिए।

अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले सन् १९७४ मा एसियन क्लियरिङ युनियनको स्थापना भएको हो।

इरानको तेहरानमा सचिवालय रहेको यस युनियनमा बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान, मौरिसस, बेलारुस र श्रीलङ्का गरी ११ मुलुकका केन्द्रीय बैंकहरू आबद्ध छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
22h ago
नेतृत्व विकास र हस्तान्तरणको विषय योजनाबद्ध हुन सकेन

नेतृत्व विकास र हस्तान्तरणको विषय योजनाबद्ध हुन सकेन

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पाखेरेलले नेतृत्व विकास र हस्तान्तरणमा योजनाबद्ध प्रणाली स्थापित हुन नसकेको बताएका छन् । राष्ट्रिय भेलामा शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबार...

#काठमाडौं #हस्तान्तरण
Compare →
Nagarik News
1d ago
देशको ऋणमुक्तिको कामनासहित तीनदिने महालक्ष्मी साधना सम्पन्न

देशको ऋणमुक्तिको कामनासहित तीनदिने महालक्ष्मी साधना सम्पन्न

नेपाल राष्ट्रलाई ऋणमुक्त बनाई समृद्धितर्फ अघि बढाउने संकल्पसहित नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको तीनदिने महालक्ष्मी विशेष साधना मंगलबार सम्पन्न भएको छ।

#सम्पन्न
Compare →
Ekantipur
1h ago
एसियाली क्लियरिङ युनियनको वैठकमा सदस्य राष्ट्रबीच आफ्नै मुद्रा प्रयोगमा जोड

एसियाली क्लियरिङ युनियनको वैठकमा सदस्य राष्ट्रबीच आफ्नै मुद्रा प्रयोगमा जोड

बैठकले सन् २०२७-२८ का लागि संघको अध्यक्षमा म्यानमारको केन्द्रीय बैंक र उपाध्यक्षमा भारतीय रिजर्भ बैंकलाई चयन गरेको छ ।

#क्लियरिङ #युनियन
Compare →

Related Stories

Business & Economy
Build #2612