Trending
Prev Story
Next Story

राष्ट्रिय भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई सचेत हुन निर्देशन

Onlinekhabar •
November 19, 2026 • 06:30 AM
1
1 reads 0 reactions

३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले …

राष्ट्रिय भेलामा अपरिचित व्यक्तिको प्रवेशप्रति ओलीको चासो, स्वयंसेवकलाई सचेत हुन निर्देशन

३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा अपरिचित व्यक्तिहरूको प्रवेश र सुरक्षा व्यवस्थापनप्रति चासो व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले कार्यक्रमस्थलमा कसले प्रवेश गरिरहेको छ र को कहाँसम्म पुगिरहेको छ भन्ने विषयमा स्वयंसेवकहरू सचेत हुनुपर्ने बताए ।

आफू बसेको स्थानसम्मै एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग सुनाउँदै उनले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताए । ती व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको ओलीको भनाइ थियो ।

पार्टीका नेता तथा प्रतिनिधिहरूलाई भेट्न अपरिचित व्यक्ति सहजै पुग्दा महत्वपूर्ण समय खेर जाने भन्दै उनले स्वयंसेवकहरूलाई प्रवेश व्यवस्थापन चुस्त बनाउन निर्देशन दिए ।

ओलीले भेलामा सहभागी सबै नेता तथा कार्यकर्तालाई परिचयपत्र अनिवार्य रूपमा लगाउन पनि आग्रह गरे । परिचयपत्रले सहभागीको पहिचान खुल्ने र स्वयंसेवक तथा सुरक्षाकर्मीलाई व्यक्ति चिनाउन सहज हुने उनको भनाइ थियो ।

सांस्कृतिक वा अन्य कारणले परिचयपत्र लगाउन नमिल्नेले साथमा राखेर आवश्यक पर्दा देखाउनुपर्ने उनले बताए ।

भेलाका क्रममा अनावश्यक कुराकानी नगर्न र बैठकस्थलमा शान्त वातावरण कायम राख्न पनि ओलीले निर्देशन दिए । भेटघाट र कुराकानीका लागि खाना, खाजा तथा विश्रामको समय उपयोग गर्न आग्रह गर्दै उनले बैठकको समय कार्यसूचीमै केन्द्रित हुनुपर्ने बताए ।

‘बैठकलाई पूर्ण रूपमा शान्त, अनुशासित र मर्यादित बनाउनुपर्छ । आपसी भेटघाट र कुराकानीका लागि खाना खाने, खाजा तथा विश्रामको समय प्रयोग गरौँ, बैठकको समय होइन,’ उनले भने ।

कार्यक्रमलाई दिउँसो २ बजेसम्म सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गर्दै ओलीले निर्धारित कार्यसूचीअनुसार अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘कार्यक्रमलाई अनुशासनको नमूना बनाउँदै निर्धारित कार्यसूचीअनुसार अघि बढौँ,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1h ago
राष्ट्रिय भेलामा अध्यक्ष ओलीले राखे सुरक्षा चासो

राष्ट्रिय भेलामा अध्यक्ष ओलीले राखे सुरक्षा चासो

एक व्यक्तिले आफूलाई सामान्य नेपाली मतदाता भएको बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिको सहज पहुँच हुन नहुने बताए ।

#भेला #अपरिचित #ओली
Compare →
Nagarik News
2h ago
कार्यकर्ता अनुशासनमा नबसेपछि ओलीले भने : एमालेको राष्ट्रिय भेला हाटबजार होइन

कार्यकर्ता अनुशासनमा नबसेपछि ओलीले भने : एमालेको राष्ट्रिय भेला हाटबजार होइन

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता तथा कार्यकर्तामा अनुशासन कमजोरी देखिएको औंल्याउँदै अनुशासित भएर भेला स्थलमा बस्न आग्रह गरेका छन्।

#केपी-ओली #भेला #ओली
Compare →
Hamro Patro News
1d ago
एमालेको राष्ट्रिय भेला आजबाट सुरु, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमालेको राष्ट्रिय भेला आजबाट सुरु, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । काठमाडौंको बबरमहलस्थित कार्की व्यांक्वेटमा बिहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएकोे छ । भेलाका लागि अधिकांश सहभागी काठमाडौँ आइसकेक...

#भेला #काठमाडौं #ओली
Compare →
Arthasansar
22h ago
सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको...

#केपी-ओली #ओली
Compare →

Related Stories

World News
Build #2612