Trending
Prev Story
Next Story

यस्ता छन् राइजिङ स्टार्स एसिया कपमा नेपालले खेल्ने प्रतिद्वन्द्वी

Onlinekhabar •
November 19, 2026 • 06:30 AM
1
1 reads 0 reactions 4 comments

३ मंसिर, काठमाडौं । कतारमा बिहीबारदेखि राइजिङ स्टार्स एसिया कप सुरु भएको छ । एसिया कपअघि हुने यो मिनी एसिया कपमा नेपालले पनि खेल्दै छ । एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपसँगै राइजिङ स्टार्स …

1 / 5
Swipe Photos

३ मंसिर, काठमाडौं । कतारमा बिहीबारदेखि राइजिङ स्टार्स एसिया कप सुरु भएको छ । एसिया कपअघि हुने यो मिनी एसिया कपमा नेपालले पनि खेल्दै छ ।

एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले एसिया कपसँगै राइजिङ स्टार्स एसिया कपमा पनि स्थान बनाएको थियो । नेपाल भारत ए, पाकिस्तान ए र यूएईसँग एउटै समूहमा छ ।

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भारत ए सँग खेल्नेछ । त्यसपछि नेपालले आइतबार यूएईसँग अनि मंगलबार पाकिस्तान ए सँग खेल्ने छ ।

भारत ए टोलीमा वैभव सूर्यवंशीसहित चर्चित खेलाडीको उपस्थिति छ भने पाकिस्तान ए अघिल्लो संस्करणको उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ। यूएईले भने सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका र उमेर समूहका खेलाडीलाई समेटेको छ।

नोभेम्बर १९ देखि २९ सम्म हुने प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ। भारत ए, पाकिस्तान ए र यूएईसँग एउटै समूहमा परेको नेपालका लागि समूह चरण नै चुनौतीपूर्ण देखिन्छ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीमा बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिशेष गौतम, रासिद खान, लोकेश बम र नन्दन यादव छन्।

टोलीमा अन्तर्राष्ट्रिय अनुभव भएका खेलाडीसँगै घरेलु क्रिकेटमा प्रदर्शन गरेका युवा खेलाडीलाई पनि समेटिएको छ। सन्दीप र सोमपालको अनुभव, कुशल भुर्तेलको ब्याटिङ तथा बसिर अहमद, देव खनाल र सन्दीप जोरालगायत खेलाडीको भूमिकाले नेपालको टोली सन्तुलित बनाउने अपेक्षा छ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। त्यसैले नेपालका लागि हरेक खेल महत्त्वपूर्ण हुनेछ। बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दै सेमिफाइनल पुग्न नेपालले आफ्नो क्षमता र टोली संयोजनअनुसार प्रदर्शन गर्नुपर्नेछ।

भारत ए : वैभव सूर्यवंशीदेखि अभिषेक शर्मासम्म

भारत ए प्रतियोगिताको बलियो टोलीमध्ये एक हो। टोलीमा सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका र इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो क्षमता देखाइसकेका खेलाडी छन्। कप्तान तिलक वर्मा र रिंकु सिंहसँगै अभिषेक शर्मा तथा युवा ब्याटर वैभव सूर्यवंशी टोलीका प्रमुख आकर्षण हुन्।

१४ वर्षीय वैभव पछिल्लो समय भारतीय क्रिकेटमा चर्चामा रहेका युवा खेलाडी हुन्। आक्रामक ब्याटिङका लागि परिचित उनले कम उमेरमै घरेलु क्रिकेट र आईपीएलमा आफ्नो क्षमता देखाइसकेका छन्। अभिषेक शर्मा पनि आक्रामक ब्याटिङका लागि परिचित छन्। उनीसँगै तिलक र रिंकुको उपस्थितिले भारत एलाई बलियो ब्याटिङ विकल्प दिएको छ।

टोलीमा विकेटकिपर ब्याटर प्रभसिमरन सिंह र कुमार कुशाग्र छन्। अलराउन्डरमा सूर्यांश शेड्गे, शाहबाज अहमद, विप्रज निगम, हर्ष दुबे र तनुष कोटियन छन्। बलिङतर्फ हर्षित राणा, प्रिन्स यादव र अर्शद खान टोलीमा छन्।

तिलकको नेतृत्वमा रहेको भारत एसँग ब्याटिङमा आक्रामक खेलाडी र बलिङमा तीव्र गति तथा स्पिन दुवै विकल्प छन्। त्यसैले नेपालले भारतविरुद्ध खेल्दा सुरुवातदेखि नै दबाबमा राख्ने रणनीति अपनाउनुपर्ने देखिन्छ।

पाकिस्तान ए : उपाधि रक्षा गर्ने लक्ष्य

पाकिस्तान ए प्रतियोगिताको साविक विजेता हो। पाकिस्तान शाहीन्सको नामबाट खेल्ने टोलीले सन् २०२३ को ५० ओभरको संस्करणको फाइनलमा भारत एलाई १२८ रनले पराजित गर्दै उपाधि जितेको थियो। पछिल्लो टी–२० संस्करणमा पनि पाकिस्तानले बंगलादेश एलाई सुपर ओभरमा हराउँदै उपाधि जितेको थियो।

अब्दुल समादको कप्तानीमा रहेको टोलीमा हसन नवाज, माज सदाकत, हैदर अली, शाहजेब खान, फरहान युसुफ र शामिल हुसेनजस्ता ब्याटर छन्। विकेटकिपरको जिम्मेवारी रोहेल नाजिरले सम्हाल्नेछन्।

पाकिस्तानको बलिङमा मोहम्मद हसनैन प्रमुख हतियार हुन सक्छन्। उनीसँगै अहमद दानियाल, अली रजा, मुहम्मद इमरान रान्धावा र साद मसुद टोलीमा छन्। स्पिनतर्फ सफियान मुकिम र दानिस अजिज विकल्पका रूपमा छन्।

अघिल्ला संस्करणमा उपाधि जितेको अनुभव र बलियो खेलाडी संयोजन पाकिस्तानको विशेषता हो। ब्याटिङमा आक्रामक खेलाडी तथा बलिङमा तीव्र गतिका बलर र स्पिनरको विकल्प रहेको पाकिस्तानलाई नेपालले सहज प्रतिद्वन्द्वी मान्न सक्दैन।

यूएई : सिनियर र यू–१९ खेलाडीको मिश्रण

यूएईले सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी र यू–१९ टोलीका खेलाडीलाई समेट्दै टोली घोषणा गरेको छ। बासिल हमिदको कप्तानीमा रहेको टोलीमा आर्यंश शर्मा, इथान डिसुजा, शोहेब खान, मुहम्मद शाहदाद, अवेश अली शाह, अंश टन्डन, ओमिद रहमान र जाहिद अली छन्।

यू–१९ टोलीका कप्तान अयान मिसबाहसँगै नूरउल्लाह अयोबी र उदीस सुरीले पनि टोलीमा स्थान बनाएका छन्। अयानकै कप्तानीमा यूएईले नेपाललाई यू–१९ एसिया कपमा पराजित गरेको थियो। त्यसैले उनी नेपालका लागि परिचित प्रतिद्वन्द्वीसमेत हुन्।

सिनियर टोलीको अनुभव र युवा खेलाडीको ऊर्जालाई एकै ठाउँमा राखेको यूएईलाई नेपालले कम आँक्न मिल्दैन। विशेषगरी उमेर समूहमा नेपालविरुद्ध खेलेका खेलाडीको उपस्थितिले यूएईलाई नेपालको खेलशैलीबारे परिचित टोली बनाएको छ।

राइजिङ स्टार्स एसिया कप नेपालको आईसीसी विश्वकप छनोट प्लेअफका लागि पनि अर्थपूर्ण रहनेछ । नेपालमा जारी एनपीएलको तेस्रो संस्करण खेल्नेबित्तिकै ५० ओभरको खेल खेल्न पुगेका यही खेलाडीहरूमध्येबाट अधिकांशले प्लेअफमा पनि खेल्ने सम्भावना छ ।

विश्वकप छनोटको प्लेअफ नेपालमै आयोजना हुँदैछ । मंसिर १८ देखि हुने प्लेअफबाट नेपालको विश्वकप छनोटमा पुग्ने यात्रा तय हुनेछ । हालका लागि भने नेपाली टोली भारत र पाकिस्तानको बलियो टोलीसँग स्तरीय प्रदर्शन गर्ने लक्ष्यमा हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1d ago
एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार ९मंसिर १० कतार प्रस्थान गरेको छ...

#एसिया #राइजिङ #स्टार्स
Compare →
Hamro Patro News
2d ago
एनपीएल प्लेअफमा पुगेका टिमबाट ५ खेलाडी राइजिङ स्टार्सको स्क्वायडमा

एनपीएल प्लेअफमा पुगेका टिमबाट ५ खेलाडी राइजिङ स्टार्सको स्क्वायडमा

एनपीएल प्लेअफमा पुगेका टिमबाट ५ खेलाडी राइजिङ स्टार्सको स्क्वायडमा २३ मिनेट अघि काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले कतारमा आयोजना हुने ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’का लागि एनपीएल ...

#राइजिङ #स्टार्स
Compare →
Ekantipur
1d ago
क्रिकेट: फेमसको सानदार शतकमा राइजिङको जित

क्रिकेट: फेमसको सानदार शतकमा राइजिङको जित

फेमस नगरकोटीको विस्फोटक ब्याटिङप्रेरित राइजिङ स्टार्सले राइजिङ स्टार यू–१२ ब्वाइज क्रिकेट प्रतियोगितामा सीईसी भक्तपुरलाई ६ विकेटले पराजित गरेको छ ।

#राइजिङ #स्टार्स
Compare →
Nagarik News
3h ago
एपेक सम्मेलनमा सी जिनपिंगले एसिया-प्रशान्त क्षेत्रका लागि दुई करोड डलर खर्च गर्ने घोषणा

एपेक सम्मेलनमा सी जिनपिंगले एसिया-प्रशान्त क्षेत्रका लागि दुई करोड डलर खर्च गर्ने घोषणा

चीनका राष्ट्रपति सी जिनपिंगले चीनको सेनजेनमा आयोजित ३३औँ एपेक आर्थिक नेताहरूको सम्मेलनमा स्वतन्त्र व्यापार, अर्थतन्त्रको विविधीकरण र डेटा व्यवस्थापनसम्बन्धी नियमहरूको समर्थन गरेका छन्।

#एसिया
Compare →

Related Stories

Sports
Build #2612