Trending
Prev Story
Next Story

दिल्ली भ्रमणमा सीमा विवाद सुल्झिएला?

Nagarik News •
November 19, 2026 • 03:48 AM
4
4 reads 0 reactions

विपक्षी दलले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी विषय उठाउन दबाब दिएका छन्।

दिल्ली भ्रमणमा सीमा विवाद सुल्झिएला?

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा जाँदै छन्। प्रधानमन्त्री बनेपछिको उनको पहिलो द्विपक्षीय विदेश भ्रमण हो। विपक्षी दलले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी विषय उठाउन दबाब दिएका छन्।

जेठ १७ को प्रधानमन्त्री शाहको विवादस्पद भनाइपछि विपक्षी दलहरूले संसद्भित्र र बाहिर लगातार प्रश्न उठाउँदै आएका छन् र सीमा विवादमा सरकारले स्पष्ट अडान लिनुपर्ने माग गरिरहेका छन्। गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भनेका थिए, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएँ, भारतले मात्र होइन नेपालले पनि भारतको धेरै ठाउँमा  जग्गा मिचेको रहेछ। यो विषयमा दुई पक्ष बसेर हेर्नुपर्छ।’

उनले भूमिसम्बन्धी टेबल टकबारे इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेको बताएका थिए। विपक्षी दल र राष्ट्रवादी कित्ताले यसको चर्को विरोध गरे र संसद्को अभिलेखबाट हटाउन माग गरे। सोही दिन परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनाइ दसगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ (सीमा वारपारको जग्गा भोगाधिकार) सँग सम्बन्धित भएको स्पष्ट पारेको थियो।

मन्त्रालयका अनुसार नदी सीमामा ‘स्थिर सीमा सिद्धान्त’ अपनाइएकाले एक देशका नागरिकले अर्को देशको भूभागमा पर्ने जग्गा भोगचलन गरिरहेको प्राविधिक समितिको अध्ययनले देखाएको छ। संसद् अवरुद्ध भएपछि परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीका तर्फबाट सदनमा स्पष्टीकरण दिए। उनले इंग्ल्यान्डसँग कुरा गरेको भनाइ भारतमै पुगेर सच्याएका थिए।

असार ७ गते चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रधानमन्त्री शाहले आफूले बेलायतलाई मध्यस्थकर्ता बनाउन खोजेको होइन, कालापानी र लिपुलेकका प्रमाण बेलायती शासनकालका अभिलेखमा खोज्न खोजेको भनी स्पष्ट पारेका थिए। ‘मेरो राष्ट्रियताप्रति कसैले आशंका गर्नुपर्दैन’ भन्दै उनले आलोचकहरूलाई जवाफ दिएका थिए तर ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने मूल भनाइ भने उनले सच्याएका छैनन्।

विपक्षी दलका नेताहरू भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय स्पष्ट रूपमा उठाउन दबाब दिइरहेका छन्। परराष्ट्र मन्त्रालयले पनि यी क्षेत्र र सुस्ताको नक्सांकन बाँकी रहेको स्वीकार गरेको छ तर कूटनीतिक जानकारहरूले छोटो भ्रमणमा सीमा विवाद, व्यापार घाटा र भारतीय सेनामा नेपालीको भर्तीजस्ता विषयमा ठुला निर्णय हुने सम्भावना न्यून रहेको औंल्याएका छन्।

प्रकाशित: ३ मंसिर २०८३ ०९:३३ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
12h ago
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि नेपालले भारतीय ऊर्जा एक्सचेन्जमा थप ६१५.०२ मेगावाट विद्युत्...

#भारत #शाह #भ्रमण
Compare →
Onlinekhabar
14h ago
भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

भारतमा १० लाख नेपाली श्रमिक, प्रधानमन्त्रीको भ्रमणमा सधैं बेवास्ता

२ मंसिर, काठमाडौं । भारतमा सबैभन्दा बढी नेपाली श्रमिकले काम गर्छन्, तर यसपटक पनि प्रधानमन्त्रीको भ्रमणमा कामदारको विषय एजेन्डामा परेन । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक, आर्थिक, व्यापारिक तथा कूटनीतिक सम्बन्धका …

#भ्रमण #भारत
Compare →
Hamro Patro News
22h ago
भारत भ्रमणमा जान लागेका प्रधामन्त्री बालेनलाई एनपी साउदका तीन सुझाव

भारत भ्रमणमा जान लागेका प्रधामन्त्री बालेनलाई एनपी साउदका तीन सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) यही मंसिर ६ गते औपचारिक रूपमा भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनपछि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा बसेको दुई तिहाइ नजिकको स...

#भ्रमण #भारत
Compare →
Ekantipur
22h ago
भारतीय राजदूत दलेलाले भेटे प्रधानमन्त्री शाहलाई, भारत भ्रमणबारे छलफल

भारतीय राजदूत दलेलाले भेटे प्रधानमन्त्री शाहलाई, भारत भ्रमणबारे छलफल

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको हो।

#भारत #शाह #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612