Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

Bizshala •
November 18, 2026 • 05:34 PM
8
8 reads 0 reactions

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि नेपालले भारतीय ऊर्जा एक्सचेन्जमा थप ६१५.०२ मेगावाट विद्युत्...

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि नेपालले भारतीय ऊर्जा एक्सचेन्जमा थप ६१५.०२ मेगावाट विद्युत् बिक्री गर्ने अनुमति पाएको छ। यसअघि स्वीकृति पाएको ६५२ मेगावाटसहित भारततर्फ विद्युत् निर्यातको स्वीकृत क्षमता १ हजार २६७.०२ मेगावाट पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता अच्युत घिमिरेका अनुसार प्राधिकरणले गत जुन–जुलाईमै पठाएका प्रस्तावमा भारतले चरणबद्ध रूपमा स्वीकृति दिइरहेको छ। पछिल्लो स्वीकृतिअनुसार पीटीसी इन्डियामार्फत २२५.९२ मेगावाट र एनभीभीएनमार्फत ३८९.१० मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न सकिनेछ।

पीटीसी इन्डियामार्फत बिहारतर्फका १३२ केभी प्रसारण लाइन हुँदै १२ जलविद्युत् आयोजनाको २०४.५८ मेगावाट बिजुली निर्यात गर्न १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ सम्म अनुमति दिइएको छ। सोही माध्यमबाट सेती जलविद्युत् आयोजनाको २१.३४ मेगावाट बिजुली बिक्री गर्न भने ३१ अगस्ट २०२७ सम्मको स्वीकृति मिलेको छ।

एनभीभीएनमार्फत बिक्री हुने ३८९.१० मेगावाट विद्युत् ४०० केभी ढल्केबर–मुजफ्फरपुर डबल सर्किट प्रसारण लाइनबाट पठाइनेछ। त्यसका लागि पनि १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ सम्मको अनुमति छ। बिहारतर्फ कटैया–कुशाहा, रक्सौल–परवानीपुर र रामनगर–सूरजपुरा अन्तरदेशीय प्रसारण लाइन प्रयोग हुनेछन्।

स्वीकृत क्षमता बढेसँगै नेपाललाई उपलब्ध विद्युत् भारतीय बजारमा बेचेर आम्दानी बढाउने अवसर खुलेको छ। गत आर्थिक वर्षमा नेपालले भारतसँगको विद्युत् व्यापारमा खुद निर्यातबाट करिब १८ अर्ब रुपैयाँ आम्दानी गरेको थियो। प्राधिकरणले पठाएका बाँकी प्रस्तावमा पनि भारतीय पक्षबाट स्वीकृति आउने क्रम जारी रहेको घिमिरेले बताए।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
14h ago
बालेनको भ्रमण पूर्वसन्ध्यामा भारतले दियो थप ६१५ मेगावाट विद्युत् निर्यात अनुमति

बालेनको भ्रमण पूर्वसन्ध्यामा भारतले दियो थप ६१५ मेगावाट विद्युत् निर्यात अनुमति

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भ्रमणको पूर्वसन्ध्यामा भारतले थप ६१५.०२ मेगावाट विद्युत् निर्यातको अनुमति दिएको छ । भारतीय पक्षले आज नेपालबाट भारततर्फ विद्युत् निर्यातका लागि उक्त परिमाणमा स्वीकृति दिएको हो । प्राधिकरणले यसअघि पठाएको अनुरोधमाथि …

#विद्युत् #भारत #६१५
Compare →
Hamro Patro News
1d ago
भारतले अनुमति नदिँदा ६०९ मेगावाट बिजुली बेच्न पाएन नेपालले

भारतले अनुमति नदिँदा ६०९ मेगावाट बिजुली बेच्न पाएन नेपालले

नेपालले भारतका हरियाणा, उत्तर प्रदेश र बिहारमा बिक्री गर्दै आएको ६०९ मेगावाट बिजुलीको द्विपक्षीय बिक्री सम्झौता नवीकरण नहुँदा यस वर्ष नेपालले उक्त परिमाणको बिजुली निर्यात गर्न पाएन। नेपाल विद्युत्...

#मेगावाट #भारत #बिजुली
Compare →
Ekantipur
23h ago
भारतीय राजदूत दलेलाले भेटे प्रधानमन्त्री शाहलाई, भारत भ्रमणबारे छलफल

भारतीय राजदूत दलेलाले भेटे प्रधानमन्त्री शाहलाई, भारत भ्रमणबारे छलफल

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण र दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको हो।

#भारत #शाह
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी गरिँदै

उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मंसिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाँदैछन्।

#भारत #शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612