Trending
Prev Story
Next Story

भण्डारीद्वारा सरकारको आलोचना, संविधान रक्षाका लागि दलहरूलाई एकजुट हुन आग्रह

Ekantipur •
November 19, 2026 • 05:02 AM
4
4 reads 0 reactions

एमालेको राष्ट्रिय भेलामा उनले महँगी, रोजगारी संकट, व्यापार घाटा र शान्ति सुरक्षाबारे जनगुनासा बढेको भन्दै सहकार्यको आग्रह गरिन्।

भण्डारीद्वारा सरकारको आलोचना, संविधान रक्षाका लागि दलहरूलाई एकजुट हुन आग्रह

एमालेको राष्ट्रिय भेलामा उनले महँगी, रोजगारी संकट, व्यापार घाटा र शान्ति सुरक्षाबारे जनगुनासा बढेको भन्दै सहकार्यको आग्रह गरिन्।

काठमाडौँ — नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्या भण्डारीले सरकारको आलोचना गर्दै राजनीतिक दलहरू संविधान रक्षाका लागि अघि बढ्नुपर्ने बताएकी छन् । बिहीबार एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले दलहरूलाई साना मतभेद थाती राखेर एकजुट हुन आग्रह गरेकी हुन् ।

‘पार्टीहरूले सानातिना राजनीतिक मतभेदहरूलाई थाती राखेर मुलुकको बृहत्तर हितका निम्ति संवाद, सहकार्य र पहलकदमी लिनु पर्दछ,’ उनको भनाइ छ, ‘हाम्रो देश अनेकौँ आर्थिक, सामाजिक र राजनीतिक चुनौती सामना गर्दै अगाडि बढिरहेको छ । दैनन्दिनका उपभोग्य सामग्रीको बजार भाउ आकासिएर न्यून आय भएका गरिब नागरिकको चुलो नै ओसिलो हुँदैछ । रोजगारीका अवसरहरू खुम्चिँदै गएका छन् । आयात प्रतिस्थापन हुन नसक्दा व्यापार घाटा बढिरहेको छ । शान्ति सुरक्षामाथि गम्भीर प्रश्नहरू खडा हुँदैछन् । सरकारप्रति जनताका गुनासाहरू बढिरहेका छन् ।’

उनले विशेष मिति उल्लेख नगरी पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कतिपय गतिविधिले संविधान, लोकतान्त्रिक मूल्य र संसदीय प्रणालीको अभ्यासका सम्बन्धमा गम्भीर प्रश्न उठेको बताएकी छन् ।

‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा प्रतिकूल प्रभाव परिरहेको छ । यसबाट हाम्रो मुलुकको अन्तर्राष्ट्रिय छविमा समेत आँच आउन थालेको देखिन्छ । समयमै यसको निराकरण नगर्ने हो भने मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्दछ’ भण्डारीको भनाइ छ, ‘त्यसकारण नेकपा (एमाले) सहित देश र जनताप्रति जिम्मेवार सम्पूर्ण राजनीतिक दल, देशभक्त र राष्ट्रवादी शक्ति तथा व्यक्तिहरूले आफ्नो भूमिकालाई थप प्रभावकारी तुल्याएर संविधान र कानुनले निर्दिष्ट गरेको दिशामा मुलुकको राजनीतिलाई लयमा लिएर आउनु पर्दछ ।’

उनले संविधान लामो राजनीतिक संघर्ष, राजनीतिक शक्तिहरूबीचको सहमति, जनताको आकांक्षा र अत्यन्तै लोकतान्त्रिक विधि अपनाएर जननिर्वाचित संविधानसभाबाट जारी भएको ऐतिहासिक दस्तावेज भएको उल्लेख गर्दै संविधानको रक्षा गर्नु आवश्यक रहेको बताएकी छन् ।

भण्डारीको भनाइ छ,‘संघीय लोकतान्त्रिक गणतन्त्र, बहुलवाद, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, मौलिक अधिकार, समावेशिता र विधिको शासन यसका आधारभूत स्तम्भहरू हुन् । यी ऐतिहासिक उपलब्धि कुनै एउटा दल वा सरकारको मात्र नभई सम्पूर्ण नेपाली जनताका साझा उपलब्धि हुन् । जनताको बलिदानीपूर्ण संघर्ष र असंख्य सहिदहरूको सहादतबाट प्राप्त भएको यस संविधानको रक्षा र समयानुकूल समृद्ध बनाउनु हाम्रो गहन दायित्व हुन आएको छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
‘सरकार पाँचै वर्ष चलोस्, लोकतन्त्र र संविधान मिचिए सडकमा आउन एमाले तयार छ'

‘सरकार पाँचै वर्ष चलोस्, लोकतन्त्र र संविधान मिचिए सडकमा आउन एमाले तयार छ'

काठमाडौँ । नेकपा एमालेले बुधबारदेखि काठमाडौँमा बृहत् राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । पालिका कमिटीका पदाधिकारी र स्थानीय तहका प्रमुख–उपप्रमुखदेखि केन्द्रीय कमिटीका पदाधिकारी र संघीय सांसदहरूसम्म ...

#एमा #भेला #संविधान
Compare →
Nagarik News
2h ago
कार्यकर्ता अनुशासनमा नबसेपछि ओलीले भने : एमालेको राष्ट्रिय भेला हाटबजार होइन

कार्यकर्ता अनुशासनमा नबसेपछि ओलीले भने : एमालेको राष्ट्रिय भेला हाटबजार होइन

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता तथा कार्यकर्तामा अनुशासन कमजोरी देखिएको औंल्याउँदै अनुशासित भएर भेला स्थलमा बस्न आग्रह गरेका छन्।

#एमा #भेला
Compare →
Onlinekhabar
16h ago
राष्ट्रिय भेलामा ओलीको सन्देश : एमाले फेरि उठ्छ, सरकारमा फर्कन्छ

राष्ट्रिय भेलामा ओलीको सन्देश : एमाले फेरि उठ्छ, सरकारमा फर्कन्छ

२ मंसिर, काठमाडौं । देशभरका ३५ सय बढी नेता–कार्यकर्ताको भेला गरेर नेकपा एमालेका नेताहरूले अहिलेको संकटबाट पार्टी फेरि उठ्ने सन्देश दिएका छन् । भेलाको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले हेर्दाहेर्दै एमाले देशको नेतृत्वमा फर्कने विश्वास …

#एमा #भेला
Compare →

Related Stories

Politics & Governance
Build #2612