Trending
Prev Story
Next Story

‘राइनो क्रुज’ दुई महिनादेखि नारायणी किनारमा बेवारिसे

Ekantipur •
November 22, 2026 • 04:03 AM
3
3 reads 0 reactions

क्रेनबाट निकाल्ने प्रयास असफल भएपछि प्रशासनले पुलको सुरक्षाका लागि सञ्चालक कम्पनीलाई क्रुज तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको छ।

‘राइनो क्रुज’ दुई महिनादेखि नारायणी किनारमा बेवारिसे

क्रेनबाट निकाल्ने प्रयास असफल भएपछि प्रशासनले पुलको सुरक्षाका लागि सञ्चालक कम्पनीलाई क्रुज तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको छ।

चितवन —  चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलमा अड्किएको नेपालकै पहिलो लक्जरी ‘राइनो क्रुज’ बेवारिस बनेको छ । नेपालको जलपर्यटन क्षेत्रमा नयाँ इतिहास रच्ने दाबीका साथ सञ्चालनमा ल्याइएको क्रुज नदीको गैँडाकोटतर्फ दुई महिनादेखि भग्न र खिया लागेको अवस्थामा लडिराखेको छ ।

गत असोज ११ मा नारायणी नदीमा आएको बाढीले गैँडाकोट स्टेसनबाट ६० टनको क्रुज बगाएको थियो । बाढीको तीव्र बहावले बगाएर नवलपुरको गैँडाकोटतर्फ पुलको पहिलो पिल्लरमै अड्किएको क्रुज दुई महिना बित्दासमेत यथावत् अवस्थामै छाडिएको छ ।

गत असोज ११ गते बाढीले क्रुज बगाएर नारायणीको पिल्लरमा अड्केपछि देशको मुख्य राजमार्ग जोड्ने नारायणी पुलकै सुरक्षामाथि त्रास पैदा भएको थियो। लगत्तै निकै हल्लाखल्ला गर्दै स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियतामा ८० टन क्षमताको एउटा र ३५ टन क्षमताको अर्को क्रेन तथा थप मेसिन प्रयोग गरी अड्किएको क्रुज तान्न सुरु गरिएको थियो । तर क्रुजलाई पिल्लरबाट करिब चार मिटर मात्रै पर सार्न सम्भव भयो र त्यसपछि काम ठप्प बन्यो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकदिनमै निकाल्ने भनेर दाबीसम्म गरेका थिए । आफ्नो जिल्लाभन्दा बाहिरको विषयमा उनले त्यतिबेला निकै स्टन्ट गर्न भ्याए । तर, क्रुज दुई महिनादेखि त्यहीँ छ । क्रुजको प्रारम्भिक निरीक्षणमा पुलमा ठूलो खतरा नदेखिएको निष्कर्षपछि निकाल्ने प्रक्रिया सुस्ताउँदै गयो र चाडपर्वका लामा बिदाहरू सुरु भए ।

पानीमा तैरिनुपर्ने यसका मुख्य पङ्खाहरू (प्रोपेलर) अहिले नदीको सतहमा देखिन्छन् । क्रुजभित्र रहेका पर्यटकीय रेस्टुरेन्ट, पाहुना बस्ने ठाउँ र प्राविधिक उपकरणहरू पूर्ण रूपमा ध्वस्त भई काम नलाग्ने अवस्थामा पुगेका छन् । सुरुमा ठूलो उत्साह र पर्यटकीय सम्भावना बोकेर सञ्चालनमा आएको क्रुज अहिले नदी किनारमा कबाडजस्तै तेर्सिएर बसेको छ। नदीको पानीको सतह घटेपनि क्रुजलाई पन्छाउन सकिएको छैन ।

क्रुजलाई तत्कालै किनारमा ल्याउन नपाउँदा ठूलो भौतिक तथा आर्थिक क्षति बेहोर्नुपरेको सञ्चालक कम्पनी राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष दीपक ढुंगेलले बताए । मुख्य जलयानको भागको मात्रै करिब १० करोड रुपैयाँ बराबरको सोझो क्षति भएको उनको दाबी छ ।

क्रुजभित्रका होटेल र भौतिक पूर्वाधारको बिमा भएपनि मुख्य जलयानको पोलिसी नभएकाले क्षतिपूर्ति दाबीमा समेत कानुनी अल्झन थपिएको छ । दसैँ र तिहारका लामा बिदाहरू तथा स्थानीय प्रहरी र वडाबाट कानुनी मुचुल्का तयार पार्न समय लागेकाले क्रुज पन्छाउन ढिलाइ भएको सञ्चालक पक्षको जिकिर छ। अब क्रुजलाई साबिककै स्वरूपमा तानेर निकाल्न असम्भव भएकाले काटेर र टुक्राएर पन्छाउने तयारी भइरहेको अध्यक्ष ढुंगेलले बताए ।

सरकारी प्रयास असफल भएपछि प्रशासनले सञ्चालनलाई नै क्रुजको व्यवस्थापन गर्न भनेको छ । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले नारायणी पुलको सुरक्षालाई ध्यानमा राख्दै क्रुजलाई तत्काल हटाउन सडक डिभिजन कार्यालय भरतपुरमार्फत कम्पनीलाई ताकेता गरेको थियो ।

नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
छठ पूजाको स्वागतमा झिलिमिली बन्यो नारायणी किनार

छठ पूजाको स्वागतमा झिलिमिली बन्यो नारायणी किनार

चितवन । छठ पर्वको पूर्वसन्ध्यामा भरतपुरस्थित नारायणी नदी किनार झिलिमिली बनेको छ । छठ पूजाका लागि घाट, टेन्ट र रंगीन बत्तीले सजाइएपछि नारायणी किनार आकर्षक देखिएको छ । तराई सेवा समितिको आयोजनामा हुन...

#नारायणी #किनार
Compare →
Nagarik News
1w ago
नारायणी किनारमा ‘दुर्व्यसनी’ बढे

नारायणी किनारमा ‘दुर्व्यसनी’ बढे

नारायणी नदीकिनारामा लागुऔषधको प्रयोग कर्ता (दुर्व्यसनी) हरू बढेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

#नारायणी #किनार
Compare →

Related Stories

Business & Economy
Build #2612