Trending
Prev Story
Next Story

मधेशमा अब संविधानको धारा १६८ (२) कि (३) अनुसारको सरकार ?

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

४ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया संविधानको धारा १६८ को उपधारा २ र ३ को गोलचक्करमा परेको छ । कात्तिक २८ गते मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ …

मधेशमा अब संविधानको धारा १६८ (२) कि (३) अनुसारको सरकार ?

४ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया संविधानको धारा १६८ को उपधारा २ र ३ को गोलचक्करमा परेको छ ।

कात्तिक २८ गते मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले धारा १६८ उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । जसको समयसीमा शुक्रबार दिउँसो ४ बजेसम्मको थियो ।

त्यो समय घर्किसकेको छ । समयसीमाभित्र कुनैपनि सांसदबाट नयाँ सरकार गठनका लागि दाबी पेस भएन । त्यसपछि फेरि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख कर्णलाई समस्या देखिएको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू संयुक्त रूपमा गएर प्रदेश प्रमुख कर्णसँग उपधारा २ बमोजिमकै सरकारका लागि फेरि समय मागेका छन् ।

तीन वटै दलले संयुक्त निवेदन दिँदै तीन दल छलफल तथा विमर्शमै रहेको भन्दै प्रदेश प्रमुख कर्णलाई आग्रह गरेका छन् ।

उता मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको जनता समाजवादी पार्टी(जसपा) नेपाल भने धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयावधिभित्र कसैको दाबी नपरेकाले अब उपधारा ३ मा जानुपर्ने भन्दै दबाब दिइएको छ ।

जसका लागि पूर्वमुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा जसपा नेपालका नेताहरू गएर प्रदेश प्रमुख कर्णलाई भेटेका छन् ।

धारा १६८ को उपधारा ३ अनुसार सरकार गठन हुँदा ठूलो दलको हैसियतमा जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त हुनेछन् ।

उपधारा ३ अनुसार नै सरकार गठनको लागि निवेदनसँगै जसपा नेपालले मुख्यमन्त्रीको लागि दाबी पेससमेत गरेको छ ।

जनमत पार्टीसमेत संविधानको धारा १६८ को ३ बमोजिम सरकार गठन हुनुपर्ने माग गर्दै दबाब दिन थालेको छ । त्यसका लागि जनमतका नेताहरू प्रदेश प्रमुख कार्यालय पुग्न लागेको स्रोतले बतायो ।

दलहरूले संविधानको धारा १६८ को उपधारा २ र ३ को फरक–फरक दबाबमा उत्रिँदा प्रदेश प्रमुख कर्ण तनावमा परेका छन् । अब कसरी अगाडि बढ्ने बारे प्रदेश प्रमुख कानुनी परामर्श तथा कानुनविद्सँग छलफल गरिरहेको कार्यालयले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
45m ago
मधेश सरकार गठनमा अझै जुटेन सहमति, समयसीमा थप्न तीन दलको आग्रह

मधेश सरकार गठनमा अझै जुटेन सहमति, समयसीमा थप्न तीन दलको आग्रह

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखसँग दाबी पेस गर्ने समयसीमा थप गर्न आग्रह गरेका छन्।

#गठन #मधेश
Compare →
Ekantipur
2d ago
मधेशमा सरकार गठनमा अझै अन्योल, दुई विकल्पमा 'कसरत'

मधेशमा सरकार गठनमा अझै अन्योल, दुई विकल्पमा 'कसरत'

सरकार गठनका लागि प्रदेश प्रमुखले तोकेको समय घर्किँदै, दलका नेताहरू काठमाडौंमा ।

#गठन #मधेश
Compare →
Hamro Patro News
6d ago
मधेश प्रदेशमा मंसिर ४ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

मधेश प्रदेशमा मंसिर ४ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

काठमाडौं : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गरी न...

#गठन #मधेश
Compare →
Bizshala
2d ago
सिटिजन्स बैंकको मधेश प्रदेशमा नेतृत्व विकास कार्यक्रम सम्पन्न

सिटिजन्स बैंकको मधेश प्रदेशमा नेतृत्व विकास कार्यक्रम सम्पन्न

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशका आफ्ना कर्मचारीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने...

#मधेश
Compare →
Arthasansar
6d ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...

#मधेश
Compare →

Related Stories

Politics & Governance
Build #2612