Trending
Prev Story
Next Story

अग्रगामी मोर्चाको सहयोगमा मधेश सरकार बनाउने कसरतमा उपेन्द्र यादव

Onlinekhabar •
November 20, 2026 • 09:01 AM
2
2 reads 0 reactions

४ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठन अन्योल छ । मधेस प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शुक्रबार दिउँसो ४ बजेसम्म दिएको समयावधि सकिन अब केही समय मात्र बाँकी छ । संविधानको धारा १६८ …

अग्रगामी मोर्चाको सहयोगमा मधेश सरकार बनाउने कसरतमा उपेन्द्र यादव

४ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठन अन्योल छ । मधेस प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शुक्रबार दिउँसो ४ बजेसम्म दिएको समयावधि सकिन अब केही समय मात्र बाँकी छ ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस हुने सम्भावना कम छ । नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार बनाउन सकारात्मक छन् । तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने अहिलेसम्म एमालेसँग मिलेर सरकार बनाउन मानेका छैनन् ।

यादवले मधेशमा एमालेबाहेकको सत्ता समीकरण चाहेका छन् । विगतमा एमालेबाट लुम्बिनी प्रदेशमा पाएको धोकाका कारण उनी नकारात्मक छन् ।

यादवले अग्रगामी मोर्चासँग मिलेर मधेशमा सरकार गठन गर्न चाहेका छन् । जसपा नेपालको नेतृत्वमा अग्रगामी मोर्चासहित जनमत पार्टी र नेपाली कांग्रेसको पनि साथ लिएर सरकार बनाउने उनको गृहकार्य रहेको नेताहरू बताउँछन् ।

यद्यपि, कांग्रेस भने यसबारे केही बोलेको छैन । जनमतका केन्द्रीय अध्यक्ष डा. सीके राउतले केही दिनअघि नै जनमत सरकारमा नजाने घोषणा गरेका थिए । तथापि, अग्रगामी मोर्चाका हिसाबले सरकार बने जनमतले त्यसमा सघाउनसक्ने सम्भावना रहेको विश्लेषण भइरहेको छ ।

उता कांग्रेस र जनमत नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारमा जानसक्ने सम्भावना कम छ । संविधानको धारा १६८ को ३ मा ठूलो दलको हैसियतमा जसपा नेतृत्वको सरकार बने त्यसमा जनमत र कांग्रेस दुवैले विश्वासको मत दिनसक्ने सम्भावना समेत रहेको जसपा नेपालस्रोतले बताएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
जसपाका शीर्ष नेता जनकपुरमा, मधेशमा सरकार बनाउने कसरत

जसपाका शीर्ष नेता जनकपुरमा, मधेशमा सरकार बनाउने कसरत

कांग्रेस सरकारबाट बाहिरिएपछि नयाँ गठबन्धनबारे छलफल गर्न नेताहरू सक्रिय भए पनि दलहरूबीच औपचारिक सहमति अझै जुट्न सकेको छैन।

#मधेश #बनाउने #कसरत
Compare →
Hamro Patro News
2h ago
मधेश प्रदेशमा सरकार गठन अन्योल कायमै, एमालेसँग गठबन्धन नगर्ने जसपा नेपालको अडान

मधेश प्रदेशमा सरकार गठन अन्योल कायमै, एमालेसँग गठबन्धन नगर्ने जसपा नेपालको अडान

मधेश प्रदेशमा सरकार गठन अन्योल कायमै, एमालेसँग गठबन्धन नगर्ने जसपा नेपालको अडान जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग मिलेर मधेश प्रदेशमा सरकार बनाउन नसकिने अडानमा कायमै राखेको जसपाका एक न...

#मधेश
Compare →
Bizshala
1d ago
सिटिजन्स बैंकको मधेश प्रदेशमा नेतृत्व विकास कार्यक्रम सम्पन्न

सिटिजन्स बैंकको मधेश प्रदेशमा नेतृत्व विकास कार्यक्रम सम्पन्न

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशका आफ्ना कर्मचारीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने...

#मधेश
Compare →
Nagarik News
2d ago
एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलनमा सहभागी हुन मन्त्री यादवलाई निमन्त्रणा

एनआरएनएको मध्यपूर्व क्षेत्रीय सम्मेलनमा सहभागी हुन मन्त्री यादवलाई निमन्त्रणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठले श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग शिष्टाचार भेटघाट गरेका छन्।

#यादव
Compare →

Related Stories

Politics & Governance
Build #2612