Trending
Prev Story
Next Story

निधिको दाबी– देउवा पक्षको महाधिवेशन पार्टीको विधान र देशको कानुनसम्मत छ

Onlinekhabar •
November 20, 2026 • 09:01 AM
3
3 reads 0 reactions

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै देउवा पक्षको  महाधिवेशन प्रक्रिया अघि बढिरहेको दाबी गरेका छन् । शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधिले १५औँ महाधिवेशन …

निधिको दाबी– देउवा पक्षको महाधिवेशन पार्टीको विधान र देशको कानुनसम्मत छ

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै देउवा पक्षको  महाधिवेशन प्रक्रिया अघि बढिरहेको दाबी गरेका छन् ।

शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधिले १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा आयोजना गर्नका लागि विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको दाबी गरे ।

महाधिवेशनको तयारीस्वरूप १६५ क्षेत्रमध्ये १४४ क्षेत्रको क्षेत्रीय अधिवेशन र ७७ मध्ये ५२ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको तथा बाँकी क्रममा रहेको उनले बताए ।

यस्तै, निधिले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा जनकपुर देखि अयोध्यासम्मको रेल सेवा नियमित रूपमा सञ्चालन गर्न तथा जनकपुरमा हवाई सेवा सुरु गर्न पहल हुनुपर्ने बताए ।

भ्रमणका क्रममा नेपालको आर्थिक विकास, सीमा, यातायात र अन्य सम्बन्धित विषयमा सकारात्मक प्रगति हुने विश्वास रहेको उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
19h ago
देउवा समूह जिल्ला सकेर प्रदेश अधिवेशनतिर, संस्थापनले कहिले गर्छ ?

देउवा समूह जिल्ला सकेर प्रदेश अधिवेशनतिर, संस्थापनले कहिले गर्छ ?

देउवा समूहले सुरुमा ४ मंसिरमा सातै प्रदेशको अधिवेशन एकैसाथ गर्ने तालिका बनाएको थियो । तर उक्त दिन ठूलो एकादशी परेकाले अधिवेशन एक दिन पछि सारिएको छ । अब ५ मंसिरदेखि प्रदेश अधिवेशन सुरु हुनेछ ।

#देउवा #मंसिर
Compare →
Hamro Patro News
21h ago
काठमाडौंमा चार राष्ट्रबीच कबड्डी च्याम्पियनसिप हुँदै, नेपालको पहिलो खेल थाइल्यान्डसँग

काठमाडौंमा चार राष्ट्रबीच कबड्डी च्याम्पियनसिप हुँदै, नेपालको पहिलो खेल थाइल्यान्डसँग

काठमाडौं, मंसिर ४ । काठमाडौंमा आगामी नोभेम्बर २१ देखि २३ (मंसिर ६ देखि ८) गतेसम्म चार राष्ट्र सम्मिलित ‘फोर नेसन्स कप कबड्डी च्याम्पियनसिप–२०२६’ आयोजना हुने भएको छ। अखिल नेपाल कबड्डी संघको आयोजनाम...

#मंसिर #काठमाडौं
Compare →

Related Stories

Politics & Governance
Build #2612