Trending
Prev Story
Next Story

राप्रपा अध्यक्षमा शाहीको उम्मेदवारी घोषणा, लिङदेनलाई सर्वोच्च नेताको हैसियतमा बस्न प्रस्ताव

Ekantipur •
November 20, 2026 • 09:32 AM
2
2 reads 0 reactions

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्रबहादुर शाहीले भने- 'हामीले अग्रजलाई हटाउने होइन, अग्रजको सम्मान र युवाहरूको नेतृत्व सुनिश्चित गर्न अगाडि बढेका हौं ।'

राप्रपा अध्यक्षमा शाहीको उम्मेदवारी घोषणा, लिङदेनलाई सर्वोच्च नेताको हैसियतमा बस्न प्रस्ताव

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्रबहादुर शाहीले भने- 'हामीले अग्रजलाई हटाउने होइन, अग्रजको सम्मान र युवाहरूको नेतृत्व सुनिश्चित गर्न अगाडि बढेका हौं ।'

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले पार्टीका वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई सर्वोच्च नेताको रुपमा बस्नसमेत प्रस्ताव गरे । पार्टीमा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै उनले अग्रजको अनुभव र युवाको नेतृत्व स्थापित गर्न आफू अग्रसर भएको दाबी गरे ।

राप्रपालाई सीमित चुनावी उपलब्धि र सत्ता समीकरणमा मात्रै केन्द्रित नराखी राष्ट्रवादी विचारको बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए । उनले सांसद बन्नकै लागि कहिले एमालेसँग, कहिले माओवादीसँग र कहिले कांग्रेससँग मिल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेसमेत बताए । पार्टीलाई विभाजित नभई एकताबद्ध बनाउन समेत पार्टीको नेतृत्व  र संगठनात्मक सुधार आवश्यक रहेको उनको भनाइ थियो ।

‘पार्टीका अध्यक्षज्यूलाई म सर्वोच्च नेताका रूपमा आउनका लागि प्रस्ताव गर्दछु । किनकि अब पनि यो पार्टीलाई युवा पुस्ताले हाँक्नुपर्छ । पछिल्लो दिनहरूमा हामीले खोजेर पनि पार्टी पाउन नसक्ने स्थिति सिर्जना भइरहेको छ । हामीले अग्रजलाई हटाउने होइन, अग्रजको सम्मान र युवाहरूको नेतृत्व सुनिश्चित गर्न अगाडि बढेका हौं,' उनले भने, 'हामी विभाजन गर्न होइन, सबैलाई जोड्न आएका हौं । राप्रपा अब सिन्डिकेट, लास र दासको पार्टी बन्दैन । यो राष्ट्रवादीहरूको शक्ति र युवाहरूको जोस र जाँगरका साथ अगाडि बढ्ने छ ।'

राप्रपाको महाधिवेशन मंसिर २६,२७ र २८ गते काठमाडौंमा हुँदै छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2h ago
पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाहीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारीलाई उनले पुस्तान्तरण भनेका छन् । ‘पुस्तान्तरणसँगै रुपान्तरण र …

#शाही #काठमाडौं #उम्मेदवारी
Compare →
Nagarik News
2h ago
राप्रपाको अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राप्रपाको अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

#शाही #उम्मेदवारी #घोषणा
Compare →
Hamro Patro News
3h ago
राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा शाहीले पार्टीमा पुस्तान्तरण र रूपा...

#शाही #उम्मेदवारी #घोषणा
Compare →

Related Stories

Politics & Governance
Build #2612