Trending
Prev Story
Next Story

देउवा समूह जिल्ला सकेर प्रदेश अधिवेशनतिर, संस्थापनले कहिले गर्छ ?

Ekantipur •
November 19, 2026 • 02:32 PM
2
2 reads 0 reactions

देउवा समूहले सुरुमा ४ मंसिरमा सातै प्रदेशको अधिवेशन एकैसाथ गर्ने तालिका बनाएको थियो । तर उक्त दिन ठूलो एकादशी परेकाले अधिवेशन एक दिन पछि सारिएको छ । अब ५ मंसिरदेखि प्रदेश अधिवेशन सुरु हुनेछ ।

देउवा समूह जिल्ला सकेर प्रदेश अधिवेशनतिर, संस्थापनले कहिले गर्छ ?

देउवा समूहले सुरुमा ४ मंसिरमा सातै प्रदेशको अधिवेशन एकैसाथ गर्ने तालिका बनाएको थियो । तर उक्त दिन ठूलो एकादशी परेकाले अधिवेशन एक दिन पछि सारिएको छ । अब ५ मंसिरदेखि प्रदेश अधिवेशन सुरु हुनेछ ।

काठमाडौं — कांग्रेसमा समानान्तर महाधिवेशनको तयारीमा जुटेको पूर्वसभापति शेरबहादुर देउवा समूहले जिल्ला अधिवेशन सकेर प्रदेश अधिवेशन सुरु गर्दैछ । यता, नियमित महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिसकेको संस्थापन पक्षले भने जिल्ला र प्रदेश अधिवेशनको तयारीसमेत अघि बढाएको छैन ।

देउवा समूहले सुरुमा ४ मंसिरमा सातै प्रदेशको अधिवेशन एकैसाथ गर्ने तालिका बनाएको थियो । तर उक्त दिन ठूलो एकादशी परेकाले अधिवेशन एक दिन पछि सारिएको छ । अब ५ मंसिरदेखि प्रदेश अधिवेशन सुरु हुनेछ ।

सबैभन्दा पहिले गण्डकी प्रदेशले अधिवेशन गर्दैछ । गण्डकीमा ५ मंसिरमा उद्घाटन र ६ मंसिरमा नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम छ । त्यसपछि लुम्बिनी प्रदेशले ७–८ मंसिरमा अधिवेशन गर्नेछ । कर्णाली प्रदेशको १३–१४, मधेशको १४–१५, सुदूरपश्चिमको १५–१६, कोशीको १७–१८ र बागमतीको १८–१९ मंसिरमा अधिवेशन गर्ने तालिका छ ।

सातै प्रदेशको अधिवेशन सम्पन्न भएपछि देउवा समूहले २१–२३ मंसिरमा काठमाडौंमा समानान्तर केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । त्यसअघि नै जिल्ला अधिवेशन सम्पन्न गर्ने उसको लक्ष्य छ ।

देउवा समूहले जिल्ला र प्रदेश अधिवेशनको प्रक्रिया अघि बढाइरहँदा संस्थापन समूहले भने वडा, पालिका र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न गरेर सिधै केन्द्रीय महाधिवेशन गरेको थियो । जिल्ला र प्रदेश अधिवेशन नगरी १८–२३असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गरेको संस्थापन पक्षले अब ती अधिवेशन कहिले गर्छ भन्ने चासो बढेको छ ।

पार्टी विधानअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशनका प्रतिनिधि निर्वाचित हुन्छन् । क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि केन्द्रीय महाधिवेशन गर्ने बाटो खुल्ने भएकाले संस्थापन पक्षले जिल्ला र प्रदेश अधिवेशनलाई पछि राखेर केन्द्रीय महाधिवेशन गरेको थियो । केन्द्रीय महाधिवेशनका प्रतिनिधि पनि क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि नै हुन्छन् ।

संस्थापन पक्षले आगामी पुस मसान्तभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी छलफल अघि बढाएको छ । कांग्रेसका केन्द्रीय उपसभापति मधु आचार्यले जिल्ला र प्रदेश अधिवेशनको मिति आगामी केन्द्रीय कार्यसमिति बैठकले तय गर्ने बताए ।

जिल्ला र प्रदेश अधिवेशनको मिति आगामी केन्द्रीय कार्यसमिति बैठकले तय गर्छ । आगामी साता केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी छ । -मधु आचार्य, उपसभापति, कांग्रेस उनका अनुसार आगामी साता केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी छ । मंसिर महिनाभर सञ्चालन हुने ‘हामी तयार छौं’ अभियानपछि अधिवेशन गर्ने गरी छलफल भइरहेको उनले जानकारी दिए ।

‘बीचमा चाडपर्व भएकाले पनि अलमल भएको हो । मंसिर महिनाभर ‘हामी तयार छौं’ भन्ने पार्टीको अभियान सकिएपछि अधिवेशन गर्ने गरी बैठकले मिति तय गर्छ,’ आचार्यले भने, ‘अरू कुनै कारणले रोकेर राखिएको होइन ।’

देउवा समूहका निर्वाचन समिति संयोजक एकराज पोखरेलका अनुसार उक्त समूहले देशका सबै १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ । अधिकांश जिल्लाका जिल्ला अधिवेशन पनि सम्पन्न भइसकेका छन् ।

पोखरेलका अनुसार बिहीबारसम्म ५९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । मधेश प्रदेशका ८ जिल्लामध्ये बारा, पर्सा र धनुषाबाहेक ५ जिल्लामा अधिवेशन हुन बाँकी छ । काठमाडौं, कैलाली, कञ्चनपुर र मोरङमा अधिवेशन उद्घाटन भए पनि नयाँ कार्यसमिति चयन हुन बाँकी छ । रामेछाप, सिन्धुली, लमजुङ, बागलुङ र धादिङमा अधिवेशन हुन बाँकी रहेको उनले बताए ।

लमजुङमा १० मंसिर र बागलुङमा ६ मंसिरका लागि अधिवेशनको मिति तोकिएको छ । बाँकी जिल्लामा पनि छिट्टै अधिवेशन सम्पन्न गर्ने तयारी रहेको पोखरेलले बताए ।

‘१० मंसिरभन्दा अगाडि सबै जिल्लाका अधिवेशन सकिने अवस्था छ,’ पोखरेलले भने, ‘त्यसपछि हामी केन्द्रीय महाधिवेशनमा होमिनेछौं ।’

कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
2d ago
कांग्रेस देउवा समूहको कोशी प्रदेश अधिवेशन मिति सर्‍‍यो

कांग्रेस देउवा समूहको कोशी प्रदेश अधिवेशन मिति सर्‍‍यो

३० कात्तिक, विराटनगर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको कोशी प्रदेश अधिवेशन मिति सरेको छ । यसअघि ४ मंसिरमा गर्ने तयारी थियो । तर तयारी नपुगेपछि १७ र १८ मंसिरमा अधिवेशन गर्ने गरी मिति तय …

#अधिवेशन #मंसिर #देउवा
Compare →

Related Stories

National (Nepal)
Build #2612