Trending
Prev Story
Next Story

मधेश सरकार गठनमा अझै जुटेन सहमति, समयसीमा थप्न तीन दलको आग्रह

Nagarik News •
November 20, 2026 • 01:33 PM
3
3 reads 0 reactions

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखसँग दाबी पेस गर्ने समयसीमा थप गर्न आग्रह गरेका छन्।

मधेश सरकार गठनमा अझै जुटेन सहमति, समयसीमा थप्न तीन दलको आग्रह

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखसँग दाबी पेस गर्ने समयसीमा थप गर्न आग्रह गरेका छन्।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्न दिएको समयसीमा आज साँझ ४ बजे सकिएको छ। तर, दलहरूबीच सरकारको नेतृत्व र गठन प्रक्रियाबारे सहमति जुट्न सकेको छैन।

समयसीमा सकिन लागेपछि कांग्रेस, एमाले र नेकपाका नेताहरूले प्रदेश प्रमुखसमक्ष सरकार गठनका लागि दाबी पेस गर्ने समय थप गर्न लिखित आग्रह गरेका हुन्।

नेकपाका संसदीय दलका नेता युवराज भट्टराईका अनुसार छठपर्व तथा एमालेको राष्ट्रिय भेलालगायतका कारण दलहरूबीच पर्याप्त छलफल हुन नसकेकाले थप समय माग गरिएको हो।

उनले सरकार गठनबारे विभिन्न दलबीच छलफल जारी रहे पनि नेतृत्वका विषयमा ठोस सहमति भइनसकेको बताए।

यसैबीच, मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेको छ।

प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा आफ्नो पार्टीका संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न जसपा नेपालका प्रदेशसभा सदस्य तथा पूर्वमुख्यमन्त्री लालबाबु राउतले आग्रह गरेका हुन्। जसपा नेपालका प्रदेशसभा सदस्यहरूले आज साँझ प्रदेश प्रमुखलाई भेटेर यस्तो आग्रह गरेका हुन्।

यसअघि जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्नो पार्टी मधेश प्रदेश सरकारमा सहभागी नहुने बताएका थिए।

नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएका एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका थिए।

त्यसपछि प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा (२) अनुसार दाबी पेस गर्न समयसीमा तोकेका थिए।

कुल १०७ सदस्यीय मधेश प्रदेश सभामा जसपा नेपालका २८, एमालेका २४, कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सदस्य छन्। त्यस्तै, नेपाल सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकरएक सदस्य छन्।

प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत नभएकाले सरकार गठनका लागि दलहरूबीच सहकार्य आवश्यक छ। तर, सरकारको नेतृत्व कसले गर्ने भन्नेमा सहमति जुट्न नसक्दा मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा परेको छ।

प्रकाशित: ४ मंसिर २०८३ १९:१८ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
मधेशमा नयाँ सरकार गठन अन्योलमा, दलहरूबीच अझै जुटेन सहमति

मधेशमा नयाँ सरकार गठन अन्योलमा, दलहरूबीच अझै जुटेन सहमति

३ मङ्सिर, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन । कुनै पनि दलसँग एकल सरकार …

#गठन #मधेश #अझै
Compare →
Ekantipur
2d ago
मधेशमा सरकार गठनमा अझै अन्योल, दुई विकल्पमा 'कसरत'

मधेशमा सरकार गठनमा अझै अन्योल, दुई विकल्पमा 'कसरत'

सरकार गठनका लागि प्रदेश प्रमुखले तोकेको समय घर्किँदै, दलका नेताहरू काठमाडौंमा ।

#गठन #मधेश #अझै
Compare →
Hamro Patro News
6d ago
मधेश प्रदेशमा मंसिर ४ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

मधेश प्रदेशमा मंसिर ४ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

काठमाडौं : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गरी न...

#गठन #मधेश
Compare →
Bizshala
2d ago
सिटिजन्स बैंकको मधेश प्रदेशमा नेतृत्व विकास कार्यक्रम सम्पन्न

सिटिजन्स बैंकको मधेश प्रदेशमा नेतृत्व विकास कार्यक्रम सम्पन्न

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशका आफ्ना कर्मचारीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने...

#मधेश
Compare →
Arthasansar
6d ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...

#मधेश
Compare →

Related Stories

Politics & Governance
Build #2612