Trending
Prev Story
Next Story

भ्रष्टाचारीलाई हराउने अभियान चलाउँदै प्रेमध्वज

Nagarik News •
November 20, 2026 • 01:55 PM
3
3 reads 0 reactions

भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामाले आगामी स्थानीय निर्वाचनमा भ्रष्टाचारीलाई हराउन भक्तपुर र काभ्रेमा अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

भ्रष्टाचारीलाई हराउने अभियान चलाउँदै प्रेमध्वज

भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामाले आगामी स्थानीय निर्वाचनमा भ्रष्टाचारीलाई हराउन भक्तपुर र काभ्रेमा अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यसहित निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। काभ्रेको नमोबुद्ध घर भई हाल भक्तपुरमा रहेका लामाले निर्वाचनलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानसँग जोड्ने बताएका छन्।

स्थानीय तहमा हुने गतिविधि, निर्णय र कामकारबाहीलाई पारदर्शी तथा जनउत्तरदायी बनाउन नागरिकको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ। निर्वाचनका क्रममा भ्रष्टाचार, अनियमितता र जनहितविपरीतका गतिविधिविरुद्ध आवाज उठाउनुपर्ने उनले बताएका छन्।

उनको सार्वजनिक सन्देशमा ‘समाजको हित, राष्ट्रको समृद्धि हाम्रो प्रतिबद्धता’ भन्ने नारालाई प्राथमिकता दिइएको छ। भक्तपुर र काभ्रेलाई आफ्नो कार्यक्षेत्रका रूपमा उल्लेख गरेका लामाले आगामी निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भूमिका निर्वाह गर्ने बताएका छन्।

उनले आगामी निर्वाचनमा आफैं उम्मेदवार नबन्ने स्पष्ट पारेका छन्। भ्रष्टाचारी पार्टी र तिनका उम्मेदवारलाई हराई स्वच्छ छविका जुनसुकै पार्टी तथा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने उनले बताएका छन्।

प्रकाशित: ४ मंसिर २०८३ १९:४० शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग

अभियानले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै दलीय हस्तक्षेप अन्त्य, स्वतन्त्र चुनाव चिह्न र नागरिक समाजको संस्थागत प्रतिनिधित्व मागेको छ।

#निर्वाचन #अभियान
Compare →
Hamro Patro News
1d ago
गैरदलीय स्थानीय तहको माग लिएर निर्वाचन आयोग पुगे ऋषि धमला

गैरदलीय स्थानीय तहको माग लिएर निर्वाचन आयोग पुगे ऋषि धमला

काठमाडौं । स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय (ननपार्टिजन) प्रणालीबाट गर्न माग गरेको छ । अभियानले स्थानीय तहको निर्वाचन प्रणाली सुधार तथा सर्वदलीय राजनीतिक संवादमा...

#निर्वाचन #अभियान
Compare →
Bizshala
2d ago
अभियान इन्भेस्टमेन्ट ग्रुपले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने

अभियान इन्भेस्टमेन्ट ग्रुपले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । अभियान इन्भेस्टमेन्ट ग्रुप अफ नेपाल लिमिटेडले सेयरधनीलाई १० प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश...

#अभियान
Compare →
Onlinekhabar
3d ago
मंसिर ९ देखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

मंसिर ९ देखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

१ मंसिर, काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० …

#अभियान
Compare →

Related Stories

Technology
Build #2612