Trending
Prev Story
Next Story

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग

Ekantipur •
November 19, 2026 • 07:02 AM
3
3 reads 0 reactions

अभियानले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै दलीय हस्तक्षेप अन्त्य, स्वतन्त्र चुनाव चिह्न र नागरिक समाजको संस्थागत प्रतिनिधित्व मागेको छ।

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग

अभियानले निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै दलीय हस्तक्षेप अन्त्य, स्वतन्त्र चुनाव चिह्न र नागरिक समाजको संस्थागत प्रतिनिधित्व मागेको छ।

काठमाडौँ — स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न माग गरेको छ । अभियानले स्थानीय तहको निर्वाचन प्रणाली सुधार र सर्वदलीय राजनीतिक संवादमा नागरिक समाजको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको हो ।

अभियानका अध्यक्ष एवं संयोजक ऋषि धमलाको नेतृत्वमा आयोग पुगेको टोलीले स्थानीय तहलाई दलीय राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको जनाएको छ । यसबाट जनमुखी, पारदर्शी र जवाफदेही शासन व्यवस्था स्थापित गर्न सकिने अभियानको भनाइ छ ।

स्थानीय तहमा बढ्दो दलीयकरण, राजनीतिक ध्रुवीकरण, भागबन्डा र बजेट विनियोजनमा देखिएका समस्या तथा सार्वजनिक सेवा प्रवाह र वित्तीय अनुशासनमा देखिएको विचलनले स्थानीय शासनको प्रभावकारितामा असर पारेको अभियानले उल्लेख गरेको छ ।

ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था मिलाउन सरकारलाई सिफारिस गर्न आयोगसँग आग्रह गरिएको छ । त्यस्तै, निर्वाचनमा राजनीतिक दलका चुनाव चिह्नको सट्टा स्वतन्त्र चुनाव चिह्नको व्यवस्था गरी उम्मेदवारलाई स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउन माग गरिएको छ ।

निर्वाचन प्रणाली सुधार, आचारसंहिता निर्माण र कानुन संशोधनका विषयमा हुने सर्वदलीय राजनीतिक सभा, परामर्श, छलफल तथा नीतिगत बहसमा अभियानको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग गरिएको छ ।

गैरदलीय स्थानीय तह निर्वाचनका लागि आवश्यक कानुनी तथा प्रशासनिक आधार तयार गरी आगामी निर्वाचनको मिति घोषणा गर्नसमेत अभियानले आग्रह गरेको छ ।

संविधानले स्थानीय तहलाई स्वायत्तता, जनसहभागिता र प्रत्यक्ष जनउत्तरदायित्वका आधारमा सञ्चालन गर्ने परिकल्पना गरेको उल्लेख गर्दै अभियानले स्थानीय तहलाई दलगत हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिएको छ ।

नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
गैरदलीय स्थानीय तहको माग लिएर निर्वाचन आयोग पुगे ऋषि धमला

गैरदलीय स्थानीय तहको माग लिएर निर्वाचन आयोग पुगे ऋषि धमला

काठमाडौं । स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय (ननपार्टिजन) प्रणालीबाट गर्न माग गरेको छ । अभियानले स्थानीय तहको निर्वाचन प्रणाली सुधार तथा सर्वदलीय राजनीतिक संवादमा...

#निर्वाचन #अभियान #प्रणाली
Compare →
Onlinekhabar
2d ago
स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ

३० कात्तिक, सप्तरी । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने बताएका छन्। सोमबार सप्तरीको सुरुङ्गा नगरपालिका–७ बसानपट्टीमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले घिसिङले सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनसेवा, सुशासन र विकासको …

#निर्वाचन #तहको #गैरदलीय
Compare →
Nagarik News
20h ago
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र होइन, आगामी निर्वाचन जित्ने रणनीतिमा केन्द्रित हुनुपर्छ : ज्ञानेन्द्र शाही

राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र होइन, आगामी निर्वाचन जित्ने रणनीतिमा केन्द्रित हुनुपर्छ : ज्ञानेन्द्र शाही

संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीलाई बलियो राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न पुस्तान्तरणसँगै रूपान्तरण अपरिहार्य रहेको बताएका छन्।

#निर्वाचन
Compare →
Bizshala
1d ago
विश्वभर सुरक्षा प्रणाली मजबुत बनाउँदै याङ्गो ग्रुप, ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त

विश्वभर सुरक्षा प्रणाली मजबुत बनाउँदै याङ्गो ग्रुप, ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त

काठमाण्डौ । दुबईमा मुख्यालय रहेको विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना मोबिलिटी सेवाहरूको सुरक्षा प्रणाली...

#प्रणाली
Compare →

Related Stories

Politics & Governance
Build #2612