Trending
Prev Story
Next Story

विश्वभर सुरक्षा प्रणाली मजबुत बनाउँदै याङ्गो ग्रुप, ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त

Bizshala •
November 18, 2026 • 07:04 AM
4
4 reads 0 reactions

काठमाण्डौ । दुबईमा मुख्यालय रहेको विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना मोबिलिटी सेवाहरूको सुरक्षा प्रणाली...

विश्वभर सुरक्षा प्रणाली मजबुत बनाउँदै याङ्गो ग्रुप, ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त

काठमाण्डौ । दुबईमा मुख्यालय रहेको विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना मोबिलिटी सेवाहरूको सुरक्षा प्रणाली थप प्रभावकारी बनाउन रोमन जेम्ल्यान्स्कीलाई ग्लोबल हेड अफ सेफ्टीमा नियुक्त गरेको छ।

कम्पनीले विश्वभर सञ्चालनमा रहेका आफ्ना यातायात सेवामा सुरक्षा रणनीति एकीकृत गर्ने, जोखिम न्यूनीकरण गर्ने तथा आधुनिक प्रविधिमार्फत यात्रु र चालकको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले जेम्ल्यान्स्कीलाई उक्त जिम्मेवारी दिएको हो।

नवनियुक्त जेम्ल्यान्स्कीले कम्पनीको सुरक्षा रणनीति विकास, प्रविधिको प्रयोग विस्तार, सञ्चालन मापदण्ड सुधार तथा विभिन्न बजारमा सफल भएका सुरक्षा अभ्यासलाई अन्य बजारमा लागू गर्ने कार्यको नेतृत्व गर्नेछन्।

कम्पनीका अनुसार अफ्रिका, ल्याटिन अमेरिका, दक्षिण एसिया, मध्यपूर्व तथा उत्तर अफ्रिकालगायतका क्षेत्रमा सञ्चालन भइरहेका मोटरसाइकल, तीनपाङ्ग्रे सवारी तथा अन्य मोबिलिटी सेवामा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइनेछ।

याङ्गो ग्रुपका सीईओ तथा याङ्गो राइडटेकका सीबीओ एडेनीयी एडेबायोले कम्पनीको दीर्घकालीन व्यावसायिक विस्तारका लागि यात्रु र साझेदारहरूको विश्वास महत्त्वपूर्ण रहेको बताएका छन्।

उनले जेम्ल्यान्स्कीको नियुक्तिले कम्पनीका सबै बजारमा सुरक्षा प्राथमिकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

कम्पनीले सुरक्षासम्बन्धी जोखिम र दुर्घटना न्यूनीकरणका लागि कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई विशेष प्राथमिकता दिने जनाएको छ। यसअन्तर्गत रुट निगरानी प्रणाली, चालक तथा कुरियरको पहिचान प्रमाणीकरण र सुरक्षा जोखिम पहिचान गर्ने प्रविधिलाई थप प्रभावकारी बनाइनेछ।

याङ्गोले विभिन्न बजारमा अपनाइएका सफल सुरक्षा अभ्यासलाई अन्य बजारमा समेत विस्तार गर्ने योजना बनाएको छ। साथै, दुर्घटना तथा सुरक्षासम्बन्धी घटनाको मूल्याङ्कन, सम्बन्धित निकायमा जानकारी प्रवाह र समस्या समाधानका प्रक्रियालाई थप व्यवस्थित बनाइनेछ।

कम्पनीले सार्वजनिक गरेको पहिलो 'याङ्गो राइड सुरक्षा प्रतिवेदन' अनुसार विश्वभर प्रति १० लाख यात्रामा रिपोर्ट गरिएका गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना ३१ प्रतिशतले घटेका छन्। प्रतिवेदनअनुसार यस्तो संख्या ९.८३ बाट घटेर ६.७६ मा झरेको छ।

याङ्गोले सडक सुरक्षा प्रवर्द्धनका लागि नेपालसहित विभिन्न मुलुकमा चालक तथा कुरियरहरूलाई हेल्मेट र अन्य सुरक्षात्मक सामग्री वितरण गर्दै आएको छ।

कम्पनीका अनुसार नेपाल, पाकिस्तान, सेनेगल, कोलम्बिया र भेनेजुएलालगायतका देशमा स्थानीय निकाय तथा सडक सुरक्षा संस्थाहरूसँगको सहकार्यमा सयौँ हेल्मेट वितरण गरिएको छ।

त्यस्तै, जाम्बियामा सञ्चालित 'सेफर जर्निज टु स्कुल' कार्यक्रममार्फत २० विद्यालयका ३२ हजार विद्यार्थीलाई सडक सुरक्षासम्बन्धी शिक्षा प्रदान गरिएको कम्पनीले जनाएको छ। उक्त कार्यक्रम सेनेगलसम्म विस्तार भइसकेको छ भने अफ्रिकाका अन्य देशमा समेत विस्तार गर्ने तयारी छ।

नवनियुक्त ग्लोबल हेड अफ सेफ्टी जेम्ल्यान्स्कीले सम्भावित जोखिमको पूर्वपहिचान, सुरक्षा प्रक्रिया सुदृढीकरण तथा चालक तालिम र स्थानीय साझेदारीलाई प्राथमिकता दिने बताएका छन्।

उनले सेवाग्राही, चालक र कुरियरको सुरक्षालाई कम्पनीको प्रमुख जिम्मेवारीका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

जेम्ल्यान्स्कीसँग राइड हेलिङ क्षेत्रमा सुरक्षा प्रविधिसम्बन्धी पाँच वर्षको अनुभव छ। उनले टेक्निकल प्रोडक्ट म्यानेजरबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरी हेड अफ सेफ्टी टेक्नोलोजिजसम्मको जिम्मेवारी सम्हालिसकेका छन्।

संयुक्त अरब इमिरेट्समा मुख्यालय रहेको याङ्गो ग्रुपले हाल विश्वका ३५ भन्दा बढी देशमा मोबिलिटी, डेलिभरी, फुडटेक, मनोरञ्जनलगायतका डिजिटल सेवा सञ्चालन गर्दै आएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

काठमाडौँ । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि...

#सुरक्षा #प्रणाली
Compare →
Ekantipur
2d ago
दानबहादुर कार्कीले विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझेका हुन् ?

दानबहादुर कार्कीले विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझेका हुन् ?

कार्की निकटस्थहरूका अनुसार निवर्तमान आईजीपी कार्कीले नियुक्तिपत्र बुझेका छैनन् । तर आईजीपीका रूपमा प्रहरी प्रधान कार्यालयबाट बाहिरिनुअघि सरकारले गरेको निर्णयको पत्र भने लिएका हुन् ।

#सुरक्षा #नियुक्त
Compare →
Onlinekhabar
16h ago
विपद् सूचना प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिँदै

विपद् सूचना प्रणालीलाई स्थानीय तहसम्म विस्तार गरिँदै

१ मंसिर, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकीकृत विपद् सूचना प्रणालीलाई स्थानीय तह र जिल्लासम्म विस्तार गर्ने योजना अघि बढाएको छ । टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रको ३१औँ सम्मेलन …

#प्रणाली
Compare →
Nagarik News
18h ago
वैदेशिक रोजगारीमा रहेका नेपालीको सामाजिक सुरक्षा सुनिश्चित गर्न एनआरएनए र सामाजिक सुरक्षा कोषबीच छलफल

वैदेशिक रोजगारीमा रहेका नेपालीको सामाजिक सुरक्षा सुनिश्चित गर्न एनआरएनए र सामाजिक सुरक्षा कोषबीच छलफल

मंगलबार सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मी र उनको टोलीसँग एनआरएनएका मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठसहितको टोलीले भेटवार्ता गरेको थियो।

#सुरक्षा
Compare →

Related Stories

World News
Build #2612