Trending
Prev Story
Next Story

स्थानीय तह चुनावबारे दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

Onlinekhabar •
November 19, 2026 • 01:01 AM
8
8 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह चुनावबारे आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै छ । आयोगले आज बिहान साढे ११ बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ । आयोगका आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार …

स्थानीय तह चुनावबारे दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

२९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह चुनावबारे आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै छ ।

आयोगले आज बिहान साढे ११ बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ । आयोगका आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई छलफलका लागि बोलाइएको हो ।

प्रतिनिधि सभामा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा गरी ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिने भएकाले आयोगले नयाँ निर्वाचनको मिति घोषणाको तयारी गरेको छ । त्यसबारे जानकारी गराउँदै निर्वाचन व्यवस्थापन, आवश्यक पूर्वतयारी र राजनीतिक दलहरूको सुझाव लिनका लागि छलफल गर्न लागिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलसँग पनि क्रमश: छलफल गर्ने आयोगले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
24m ago
गैरदलीय स्थानीय तहको माग लिएर निर्वाचन आयोग पुगे ऋषि धमला

गैरदलीय स्थानीय तहको माग लिएर निर्वाचन आयोग पुगे ऋषि धमला

काठमाडौं । स्वतन्त्र नागरिक अभियान, नेपालले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय (ननपार्टिजन) प्रणालीबाट गर्न माग गरेको छ । अभियानले स्थानीय तहको निर्वाचन प्रणाली सुधार तथा सर्वदलीय राजनीतिक संवादमा...

#निर्वाचन
Compare →
Nagarik News
19h ago
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र होइन, आगामी निर्वाचन जित्ने रणनीतिमा केन्द्रित हुनुपर्छ : ज्ञानेन्द्र शाही

राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र होइन, आगामी निर्वाचन जित्ने रणनीतिमा केन्द्रित हुनुपर्छ : ज्ञानेन्द्र शाही

संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीलाई बलियो राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न पुस्तान्तरणसँगै रूपान्तरण अपरिहार्य रहेको बताएका छन्।

#निर्वाचन
Compare →
Ekantipur
20h ago
निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो ६ दलका प्रमुखलाई

निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो ६ दलका प्रमुखलाई

निर्वाचन आयोगले रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका प्रमुखलाई बैठकमा बोलाएको छ ।

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612