Trending
Prev Story
Next Story

चट्टानमा अड्कियो शारदा नदीको पुल, पाँच वर्षदेखि निर्माण सामग्री असरल्ल

Ekantipur •
November 19, 2026 • 07:02 AM
3
3 reads 0 reactions

पाँच वर्षअघि पिलरका लागि खाल्डो खन्दा कडा चट्टान भेटिएपछि रोकिएको ६८ मिटर लामो पुलको काम डिजाइन परिवर्तनमा ढिलाइ हुँदा अझै पुनः सुरु भएको छैन।

चट्टानमा अड्कियो शारदा नदीको पुल, पाँच वर्षदेखि निर्माण सामग्री असरल्ल

पाँच वर्षअघि पिलरका लागि खाल्डो खन्दा कडा चट्टान भेटिएपछि रोकिएको ६८ मिटर लामो पुलको काम डिजाइन परिवर्तनमा ढिलाइ हुँदा अझै पुनः सुरु भएको छैन।

सल्यान — सल्यानको शारदा नदीमा पक्की पुल निर्माण पाँच वर्षसम्म पूरा हुन सकेको छैन । पिलर गाड्न खाल्डो खन्दा कडा चट्टान भेटिएको भन्दै रोकिएको निर्माण पाँच वर्ष बित्न लाग्दासमेत अघि बढेको छैन । पुल नबन्दा शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाका पाँच वडाका बासिन्दा वर्षात्का बेला जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन् ।

निर्माण कम्पनीले तत्काल सामग्री जुटाएर २०७८ मंसिरमा पुल निर्माणको काम सुरु गर्‍यो । तर, पिलर गाड्न खाल्डो खन्ने क्रममा जमिनमुनि कडा चट्टान भेटिएको र मेसिनमा समस्या आएको भन्दै कम्पनीले काम सुरु गरेको चार महिना नबित्दै निर्माण रोकेको थियो । काम रोकिएको झन्डै पाँच वर्ष हुन लाग्यो । निर्माण सामग्री लथालिंग अवस्थामा छन् भने केही हराइसकेका छन् । तर, अहिलेसम्म योजनाको काम पुनः सुरु भएको छैन ।

निर्माण कम्पनीका ठेकेदारले पुलको डिजाइन बदल्न माग गर्दै आएका थिए । सम्बन्धित निकायले डिजाइन परिवर्तन गर्न ढिलाइ गर्दा सुरु भएको दुई वर्षभित्रै सम्पन्न हुनुपर्ने पुल निर्माणको काम अहिलेसम्म रोकिएको हो ।

शारदा नगरपालिका–१२, १३ र १५ तथा छत्रेश्वरी गाउँपालिका–१ र २ का स्थानीयलाई बाह्रै महिना गाडीमा आउजाउ गर्न सहज होस् भनेर स्थानीयको मागअनुसार पुल निर्माणका लागि बजेट विनियोजन गरिएको थियो । तर, निर्माण सुरु भएको केही समयमै काम रोकिएपछि यी क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।

स्थानीयले वर्षात्को समयमा जोखिम मोलेर शारदा नदी तरेर वारपार गर्दै आएका छन् । नदीमा पानीको बहाव बढ्दा गाडीसमेत चल्न सक्दैनन् । यस्तो अवस्थामा बिरामीलाई स्थानीयले स्ट्रेचरमा बोकेर प्रहरीले निर्माण गरेको काठे पुलबाट अस्पताल पुर्‍याउनुपर्ने बाध्यता छ ।

पुल निर्माणको काम सुरुवाती चरणमै अलपत्र पर्दा वर्षात्‌का बेला श्रीनगर बजारका विभिन्न विद्यालयमा पढ्न जाने विद्यार्थी बढी समस्यामा पर्ने गरेका छन् । गाउँमा कोही बिरामी भए अस्पताल पुर्‍याउनसमेत गाह्रो हुने मूलडाँडाका प्रेम घर्तीले बताए । २०७८ मंसिरमा काम सुरु गर्दा निर्माण कम्पनीका ठेकेदार र मजदुर देखिए पनि त्यसपछि अहिलेसम्म नफर्किएको उनले बताए ।

‘शारदा नदीमा पक्की पुल बन्न थालेपछि श्रीनगर, खलंगा बजार तथा सरकारी कार्यालयको कामकाजका लागि वर्षात्को समयमा हिँड्न नपर्ने भो भनी खुसी भएका थियौं । त्यो खुसी धेरै समय टिकेन,’ उनले भने । निर्माण कम्पनीले सुरुमा ल्याएका अधिकांश सामग्री अहिले छैनन् । केही फलामका सरिया मात्र बाँकी रहेको उनको भनाइ छ ।

अलपत्र पुल निर्माणको काम अघि बढाउन माग गर्दै आए पनि काम हुने छाँटकाँट नदेखिएको अर्का स्थानीय बलबहादुर बुढाथोकीले बताए । पछिल्लो समय ठेकेदार र सम्बन्धित निकायले वास्ता गर्न छाडेको र फर्केर पनि नआएको उनले जानकारी गराए ।

सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अशोक चौधरीले ठेकेदारले फिल्ड रिपोर्ट पेस गर्न ढिलाइ गरेको र पुलको डिजाइन परिवर्तनमा पनि ढिलाइ हुँदा निर्माणको काम लामो समयदेखि अलपत्र परेको बताए । पिलर निर्माणका लागि खाल्डो खन्ने क्रममा २० मिटर तल कडा चट्टान भेटिएको र मेसिनले प्वाल पार्न नसकेपछि सुरुवाती चरणमै काम रोकिएको उनले जानकारी दिए ।

‘कार्यालयले रोकिएको पक्की पुलको काम अगाडि बढाउन डिजाइन बदल्ने प्रक्रिया अगाडि बढाएका छौं । पूरा भएमा रोकिएको काम पुनः सुरु हुन्छ,’ उनले भने । ६८ मिटर लम्बाइको पुलको प्रगति अहिले शून्यजस्तै रहेको उनको भनाइ छ ।

जलजला जय माँ स्वर्गद्वारी निर्माण सेवाका ठेकेदार केबी ओलीले जमिनमुनि कडा चट्टान भेटिएको र डिजाइन नबदल्दासम्म काम गर्न नसकिने भएकाले पुल निर्माण अघि बढाउन नसकिएको बताए । डिजाइन बदलिए रोकिएको काम पुनः सुरु गर्ने उनले जानकारी दिए ।

‘सडक डिभिजन कार्यालय दाङले १६ मिटर गहिराइसम्म परीक्षण गरेको रहेछ । इस्टिमेटअनुसार पिलर जडानका लागि २७ मिटर गहिराइसम्म प्वाल पार्नुपर्ने थियो । मेसिनले २० मिटरभन्दा तल प्वाल पार्न सकेन । मेसिनको प्वाल पार्ने छिजल जमिनमुनि अड्कियो । प्रयास धेरै गर्‍यौं, अड्किएको छिजल निकाल्न सकेनौं । त्यही भएर काम रोकियो,’ उनले भने ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
दश वर्षदेखि अलपत्र कालीगण्डकी पुल : ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन स्थानीयको माग

दश वर्षदेखि अलपत्र कालीगण्डकी पुल : ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन स्थानीयको माग

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–३, रकुवा र तनहुँको घिरिङ गाउँपालिका–१, जगौली जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल निर्माण कार्य एक दशकदेखि अलपत्र परेको छ। निर्माण सुरु भएको १...

#पुल #वर्षदेखि
Compare →
Onlinekhabar
6d ago
कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

२७ कात्तिक, जनकपुरधाम । डेढ दशकदेखि रुग्न हुलाकी सडक अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण तथा मर्मत सकेर एक्सपान्सन जोड्ने काम अन्तिम चरणमा पुगेको हुलाकी …

#पुल #नदीको
Compare →
Nagarik News
17h ago
बर्दियाका ग्रामीण क्षेत्रमा २८ करोड ५० लाखका सडक र पुल बन्ने

बर्दियाका ग्रामीण क्षेत्रमा २८ करोड ५० लाखका सडक र पुल बन्ने

वर्षौंदेखि सडक तथा पुलको अभावमा सास्ती भोग्दै आएका बर्दियाका ग्रामीण बस्तीमा पूर्वाधार निर्माणका योजना अघि बढाउने तयारी गरिएको छ।

#पुल
Compare →
Bizshala
6d ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →

Related Stories

Building & Construction
Build #2612