काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगेका छन्।
श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादले प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै टोलीको समग्र रणनीति, खेलाडीहरूको प्रदर्शन र टिम संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीका रूपमा हासिल गरेको अनुभव तथा प्रशिक्षकका रूपमा विभिन्न टोलीसँग काम गरेको अनुभवलाई उनले विराटनगर किंग्सको प्रदर्शन सुधारमा उपयोग गर्ने अपेक्षा गरिएको छ।
Read full story at source ( neplays.com )