न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेशसमेत गरेको छ । सर्वोच्चले मंसिर १४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
काठमाडौँ — लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गायिका आनी छोइङ डोल्माको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ ।
न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेशसमेत गरेको छ । सर्वोच्चले मंसिर १४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
बौद्ध भिक्षुणी डोल्माको नियुक्ति गैरकानुनी र विधि तथा प्रक्रियाविपरीत भएको दाबी गर्दै राष्ट्रिय जेन-जी नागरिक अभियानका तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।
नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा विचाराधीन रहेकै अवस्थामा विधि र प्रक्रियाभन्दा बाहिर गएर नियुक्ति गरिएको दाबी गर्दै अभियानका तर्फबाट मंगलबार रिट दायर गरिएको हो ।
संगठनका संयोजक सुनिल सिंह, वीरजन विश्वकर्मा र सफलता बोगटीलगायत रिट निवेदक छन् । उनीहरुले विवादास्प व्यक्तिलाई लुम्बिनी विकास कोषजस्तो संवेदनशील स्थानमा नियुक्ति दिने कार्य तत्काल रोक्न अन्तरिम आदेशमा माग गरेका छन् । आनीलाई सरकारले असोज ३१ गते लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । लुम्बिनी विकास कोष ऐनअनुसार उपाध्यक्षको पदावधि पाँच वर्षको हुनेछ ।
दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।