Trending
Prev Story
Next Story

आनी छोइङ डोल्माको नियुक्तिमाथि कारणसहित जवाफ दिन आदेश

Nagarik News •
November 25, 2026 • 10:24 AM
9
9 reads 0 reactions

अदालतले नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्नसमेत विपक्षीहरूलाई बोलाएको छ।

आनी छोइङ डोल्माको नियुक्तिमाथि कारणसहित जवाफ दिन आदेश

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णय कानुनी रूपमा उचित छ कि छैन भन्ने विषयमा सर्वोच्च अदालतले जवाफ मागेको छ। नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले आनी छोइङलाई उपाध्यक्षमा नियुक्त गर्नुको आधार र कारणसहित उपस्थित हुन नेपाल सरकार, लुम्बिनी विकास कोषलगायत विपक्षीका नाममा आदेश जारी गरेको छ।

अदालतले नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्नसमेत विपक्षीहरूलाई बोलाएको छ।

आनी छोइङको नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई सार्वजनिक पदमा नियुक्त गरिएको भन्दै नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाइएको थियो।

राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले दायर गरेको रिटमा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आनी छोइङ डोल्मा उक्त पदका लागि योग्य नरहेको दाबी गरिएको छ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा १ (ख) बमोजिम डोल्मालाई कोषको उपाध्यक्षमा मनोनीत गरेको थियो।

सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेसँगै नियुक्तिको कानुनी आधार र योग्यतासम्बन्धी विवाद अब न्यायिक छलफलको विषय बनेको छ।

प्रकाशित: ९ मंसिर २०८३ १६:०९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
आनी छोइङ डोल्माबारे सर्वोच्चमा आगामी सोमबार छलफल हुने

आनी छोइङ डोल्माबारे सर्वोच्चमा आगामी सोमबार छलफल हुने

९ मंसिर, काठमाडौं । गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आगामी सोमबार (१४ मंसीर)छलफलका लागि बोल...

#आदेश #आनी #छोइङ
Compare →
Ekantipur
2h ago
आनी छोइङ डोल्माविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

आनी छोइङ डोल्माविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेशसमेत गरेको छ । सर्वोच्चले मंसिर १४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

#आदेश #आनी #छोइङ
Compare →
Bizshala
1d ago
आनी छोइङको नियुक्ति विवाद सर्वोच्च पुग्यो, लुम्बिनी विकास कोषको उपाध्यक्ष पदबाट हटाउन माग

आनी छोइङको नियुक्ति विवाद सर्वोच्च पुग्यो, लुम्बिनी विकास कोषको उपाध्यक्ष पदबाट हटाउन माग

काठमाण्डौ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नियुक्ति विवाद सर्वोच्च अदालत पुगेको छ। उनको...

#आनी #छोइङ
Compare →
Onlinekhabar
5d ago
आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

८ मंसिर, काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त भएकी आनि छोइङ डोल्माको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियान्ताहरू सुनिल सिंह, …

#छोइङ #डोल्मा
Compare →
Arthasansar
1w ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।...

#आदेश
Compare →

Related Stories

Politics & Governance
Build #2625