Trending
Prev Story
Next Story

एआई डिटेक्सनविरुद्धको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाऊ आदेश

Ekantipur •
November 25, 2026 • 01:02 PM
6
6 reads 0 reactions

टर्निटिन र आइथेन्टिकेटजस्ता सफ्टवेयरले गोपनीयता उल्लंघन गरेको तथा स्पष्ट कानुनी आधारबिनै कारबाही गरिएको रिट निवेदक विद्यार्थीहरूले दाबी गरेका छन् ।

एआई डिटेक्सनविरुद्धको रिटमा सर्वोच्चले जारी गर्‍यो कारण देखाऊ आदेश

टर्निटिन र आइथेन्टिकेटजस्ता सफ्टवेयरले गोपनीयता उल्लंघन गरेको तथा स्पष्ट कानुनी आधारबिनै कारबाही गरिएको रिट निवेदक विद्यार्थीहरूले दाबी गरेका छन् ।

काठमाडौँ — विश्वविद्यालयहरूले विद्यार्थीका गृहकार्य वा सोधपत्र परीक्षण गर्न प्रयोग गर्ने एआई (आर्टिफिसियल इन्टेलिजेन्स) डिटेक्सन सफ्टवेयरको प्रयोगविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी भएको छ ।

बुधबार न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले एआई डिटेक्सनको औचित्य र प्रयोगबारे १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकार तथा त्रिभुवन विश्वविद्यालयसहितका निकायलाई आदेश दिएको हो ।

अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय र नेपाल कानुन व्यवसायी परिषद्लाई महान्यायाधिवक्ताको कार्यालयमार्फत १५ दिनभित्र लिखित जवाफ बुझाउन भनेको छ । त्रिभुवन विश्वविद्यालय लगायतलाई भने आफैँ वा कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिइएको छ ।

विद्यार्थीहरूले एआई डिटेक्सन सफ्टवेयरको प्रयोग तत्काल रोक्न अन्तरिम आदेशको माग गरेका थिए । तर, इजलासले दुवै पक्षको छलफलपछि मात्र अन्तरिम आदेशबारे निष्कर्षमा पुग्न उपयुक्त हुने ठहर गरेको छ । यसका लागि अदालतले आउँदो मंसिर १४ गते छलफलको पेसी तोकेको छ ।

नेपाल ल क्याम्पस र नेसनल ल कलेजका विवेक चौधरी, रोशन आउजीसहित ६ जना कानुनका विद्यार्थीले कात्तिक २७ गते सर्वोच्चमा रिट पेस गरेका थिए ।

विश्वविद्यालयले स्पष्ट कानुनी परिभाषाबिनै टर्निटिन र आइथेन्टिकेटजस्ता सफ्टवेयरका आधारमा सोधपत्र अस्वीकार गर्ने र कारबाही गर्ने नियम बनाएको उनीहरूको आरोप छ । यस्ता विदेशी सफ्टवेयरले विद्यार्थीका इमेल र विचार विदेशी सर्भरमा भण्डारण गर्दा गोपनीयताको हक हनन भएको दाबी पनि रिटमा गरिएको छ ।

यसअघि सर्वोच्च अदालतले मंसिर २ गते अधिकार हनन हुने कुरा स्पष्ट नखुलेको भन्दै सो रिट दरपीठ गरिदिएको थियो । सो आदेशविरुद्ध निवेदकहरू इजलासमा पुगेपछि मंसिर ७ मा न्यायाधीश सुनील कुमार पोखरेलको इजलासले दरपीठ आदेश बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।

सोही आदेशपछि औपचारिक रूपमा दर्ता भएको रिटमाथि मंसिर ९ गते न्यायाधीश बागचन्दको इजलासमा प्रारम्भिक बहस भएको हो । बहसमा निवेदक विद्यार्थी विवेक चौधरी तथा अधिवक्ताद्वय धीरबहादुर कार्की र नारायणप्रसाद श्रेष्ठले भाग लिएका थिए ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
निःशुल्क शिक्षा हक प्रयोग गर्न पाउनुपर्ने रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

निःशुल्क शिक्षा हक प्रयोग गर्न पाउनुपर्ने रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । संविधान र प्रचलित कानूनले सुनिश्चित गरेको निःशुल्क शिक्षाको हकको कार्यान्वयन सम्बन्धमा अधिवक्ता अनिल आचार्यसमेतले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ । सर्वोच्च...

#रिट #आदेश #सर्वोच्च
Compare →
Nagarik News
3h ago
दानबहादुर कार्कीको रिटमा बहस सकियो,  आदेशको तयारीमा सर्वोच्च

दानबहादुर कार्कीको रिटमा बहस सकियो, आदेशको तयारीमा सर्वोच्च

नेपाल प्रहरीको महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा बहस सकिएको छ। दुवै पक्षको बहसपछि सर्वाेच्च अदालतले आदेशको तयारी गरिरहेको छ।

#रिट #आदेश #सर्वोच्च
Compare →

Related Stories

Technology
Build #2625