Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुद : स्विमिङमा बागमती पहिलो, एनआरएनए दोस्रो

Ekantipur •
November 25, 2026 • 01:02 PM
6
6 reads 0 reactions

बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कांस्य गरी कुल १९ पदक जितेको छ भने एनआरएनएले ६ स्वर्ण, एक रजत र दुई कांस्य गरी ९ पदक जितेको छ ।

दसौं राष्ट्रिय खेलकुद : स्विमिङमा बागमती पहिलो, एनआरएनए दोस्रो

बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कांस्य गरी कुल १९ पदक जितेको छ भने एनआरएनएले ६ स्वर्ण, एक रजत र दुई कांस्य गरी ९ पदक जितेको छ ।

नेपालगन्ज — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा जारी २३औं राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको दास्रो दिनमा भएको प्रतियोगितामा पदक तालिकामा बागमती प्रदेश पहिलो स्थानमा रहेको छ । एनआरएनए टोली दोस्रो स्थानमा छ ।

संयुक्त महिला तथा पुरुषतर्फको पदक तालिकाअनुसार बागमतीले ९ स्वर्ण, ४ रजत र ६ कांस्य गरी कुल १९ पदक जितेको छ । एनआरएनएले ६ स्वर्ण, एक रजत र दुई कांस्य गरी ९ पदक जितेको छ।

त्यस्तै नेपाल पुलिस क्लबले ३ स्वर्ण, ७ रजत र ८ कांस्य गरी १८ पदक जितेको छ । नेपाली सेनाको टोलीले २ स्वर्ण, ८ रजत र ८ कांस्य गरी १८ पदक प्राप्त गरेको छ ।

सुदूरपश्चिम प्रदेशले एक स्वर्ण, दुई रजत गरी तीन पदक जित्दा कोशी प्रदेशले एक स्वर्ण पदक हात पारेको छ ।

पदक तालिकामा स्वर्ण पदकका आधारमा बागमती र एनआरएनए क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । नेपाल पुलिस क्लब र नेपाली सेनाले समान १८ पदक जिते पनि स्वर्ण पदकका आधारमा पुलिस क्लब तेस्रो र सेना चौथो स्थानमा छन् ।

४ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश, विभागीय टोली र गैरआवासीय नेपाली सङ्ग (एनआरएनए) सहित ११ टोलीका करिब २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन

प्रतियोगिताका प्राविधिक निर्देशक विष्णु खड्काका अनुसार प्रतियोगितामा ४६ प्रतिस्पर्धा समावेश छन् । तीमध्ये ३४ व्यक्तिगत र १२ टिम स्पर्धा रहेका छन् ।

प्रतियोगिता सञ्चालन, खेल व्यवस्थापन र प्राविधिक पक्षलाई प्रभावकारी बनाउन नेपाल पौडी सङ्ग र नेपालगन्ज स्विमिङ क्लबले समन्वय गरिरहेका छन् ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
दशौं राष्ट्रिय खेलकुदको पहिलो दिन: बागमती प्रदेश शीर्ष स्थानमा, एनआरएनए दोस्रो र आर्मी तेस्रो

दशौं राष्ट्रिय खेलकुदको पहिलो दिन: बागमती प्रदेश शीर्ष स्थानमा, एनआरएनए दोस्रो र आर्मी तेस्रो

काठमाडौं । कर्णाली प्रदेशमा जारी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को पहिलो दिनको पदक तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिकाअनुसार बागमती प्रदेश ४ स्वर्ण, २ रजत र ३ कांस्यसहित कुल ९ पदक जि...

#पदक #खेलकुद #बागमती
Compare →
Onlinekhabar
5d ago
दशौं राष्ट्रिय खेलकुद : पहिलो दिन पौडीमा दुई राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएनए हावी

दशौं राष्ट्रिय खेलकुद : पहिलो दिन पौडीमा दुई राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएनए हावी

८ मंसिर, नेपालगन्ज । दशौं राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगन्जमा मंगलबार सुरु भएको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा भएको प्रतियोगितामा नेपाल …

#खेलकुद #बागमती #एनआरएनए
Compare →
Nagarik News
6h ago
दशौं राष्ट्रिय खेलकुद : बागमतीसँग सुदूरपश्चिम सात विकेटले पराजित

दशौं राष्ट्रिय खेलकुद : बागमतीसँग सुदूरपश्चिम सात विकेटले पराजित

बागमतीलाई जिताउन महत्वपूर्ण ५५ रनको नटआउट पारी खेलेकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच बनिन्।

#खेलकुद #बागमती
Compare →

Related Stories

Sports
Build #2625