काठमाडौं । संविधान र प्रचलित कानूनले सुनिश्चित गरेको निःशुल्क शिक्षाको हकको कार्यान्वयन सम्बन्धमा अधिवक्ता अनिल आचार्यसमेतले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलाशले बुधबार अग्राधिकारसहित कारणदेखाउ आदेश मागेको हो ।
सरकारले सञ्चालन गरेका विद्यालयहरूले नै चर्को शुल्क असुलिरहेको भन्दै कानुनी आधार तय गरेर मात्रै शुल्क लिने व्यवस्था मिलाउन माग गरी सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दर्ता भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )