Trending
Prev Story
Next Story

विश्वकप तयारीका लागि चीन र भारतमा खेल्दै नेपाली यू–१९ महिला टोली

Ekantipur •
October 23, 2026 • 06:30 AM
1
1 reads 0 reactions

आईसीसी यू–१९ महिला टी–२० विश्वकप तयारीका लागि नेपाली टोलीले नोभेम्बर ३ देखि चीनमा हुने प्रतियोगिता खेलेपछि भारतमा त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप तयारीका लागि चीन र भारतमा खेल्दै नेपाली यू–१९ महिला टोली

आईसीसी यू–१९ महिला टी–२० विश्वकप तयारीका लागि नेपाली टोलीले नोभेम्बर ३ देखि चीनमा हुने प्रतियोगिता खेलेपछि भारतमा त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौँ — आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीका लागि नेपाली टोलीले चीन र भारतमा दुई सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोलीले नोभेम्बर ३ देखि चीनमा हुने प्रतियोगिता खेलेपछि भारतमा त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा गर्नेछ।

टोलीले चीनमा नोभेम्बर ३ देखि ८ सम्म बेल्ट एन्ड रोड यू–१९ गर्ल्स टी–२०आई’ प्रतियोगिता खेल्नेछ । प्रतियोगितामा नेपालसहित चीन, हङकङ र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले नोभेम्बर ३ मा थाइल्यान्ड तथा त्यसपछि हरेक दिन चीन र हङकङसँग प्रतिस्पर्धा गर्नेछ । डबल राउण्ड रोबिनमा पुन: थाइल्यान्ड चीन र हङकङसँग खेल्नेछ ।

त्यसपछि नेपाली टोली भारत जानेछ । भारतको बैंगलुरुमा नोभेम्बर १० देखि २२ सम्म आयोजना हुने त्रिकोणात्म सिरिजमा भारत यू–१९ महिला ‘ए’ र भारत यू–१९ महिला ‘बी’ टोलीको सानमा गर्नेछ । पहिलो खेलमा नोभेम्बर १२ मा भारत बीको सामना गर्ने छ भने त्यसको २ दिन पछि महिला ‘ए’ सँग खेल्ने छ । तेस्रो खेलमा १८ नोभेम्बरमा महिला बी र २० मा महिला ‘ए’ सँग प्रतिस्पर्धा गर्ने छ । फाइनल खेल २२ नोभेम्बरमा हुनेछ ।

आईसीसी यू–१९ महिला टी–२० विश्वकप आगामी जनवरी २१ देखि ६ फेब्रुअरीसम्म नेपाल र बंगलादेशमा आयोजना हुँदै छ । १६ टोली सहभागी रहने प्रतियोगिताको समूह एमा नेपालसहित भारत, आयरल्यान्ड र वेस्ट इन्डिज रहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
10h ago
भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

२७ कात्तिक, काठमाडौं । भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० …

#चीन #भारत #तयारी
Compare →
Hamro Patro News
4h ago
रास्वपाकाे जम्बाे टाेली चीन जाने तयारीबीच आशिकाकाे प्रश्न : जनताले के पाउने ?

रास्वपाकाे जम्बाे टाेली चीन जाने तयारीबीच आशिकाकाे प्रश्न : जनताले के पाउने ?

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय टोली चीन भ्रमणमा जान लागेका बेला पार्टीकै सांसद आशिका तामाङले सांसदहरूको विदेश भ्रमणको औचित्य र पारदर्शितामाथि प्रश्न उठाएकी छ...

#चीन #तयारी
Compare →
Nagarik News
4h ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#चीन
Compare →
Bizshala
6h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Arthasansar
15h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#तयारी
Compare →

Related Stories

World News
Build #2611