आयोजक भ्याली पब्लिकको कोर्टमा ज्ञान संस्कारले तेजस्वी एकेडेमीलाई ११–८ ले पराजित गर्यो । भ्याली पब्लिक ‘ए’ ले गोल्डेनपिकलाई ५०–४० ले पराजित गर्यो ।
काठमाडौँ — ज्ञान संस्कार २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार प्रिक्वाटरफाइनलमा पुगेको छ ।
आयोजक भ्याली पब्लिकको कोर्टमा ज्ञान संस्कारले तेजस्वी एकेडेमीलाई ११–८ ले पराजित गर्यो । ज्ञानकी डिनु वज्राचार्यले ७ स्कोर जोडिन् ।
सिनियर गर्ल्समै भ्याली पब्लिक ‘ए’ ले गोल्डेनपिकलाई ५०–४० र केभीकेएसएसले टीआईएलाई १४–१० ले पराजित गरे । भ्यालीकी सेलिना गुरुङले १५ र केभीकेएसएसकी खुशी लिम्बूले ६ स्कोर गरे ।
सिनियर गर्ल्समै न्युटनले सेबलाई २३–१९, डाफोडिलले वेदव्यास २१–१८ र ह्वाइटफिल्डलाई २४–२० र इबीएले भ्याली पब्लिक ‘बी’ लाई ३३–२९ ले हराए ।
जुनियर ब्वाइजमा स्कोलर्स होमले काठमाडौं जेभियर्सलाई १४–१० र भद्रकालीलाई १८–१४ तथा सेबले भ्याली पब्लिकलाई ३८–३४ ले हराए ।
सिनियर ब्वाइजमा रिलायन्सले जेबी स्कुललाई ४३–३८ ले हराउँदा रिलायन्सका मुनिफले १६ स्कोर गरे ।
स्किब्स र हेम्सले १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार पाएका छन् ।
आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) को कोर्टमा स्किब्सले मनकामनालाई ५३–३४ ले पराजित गर्यो । स्किब्सको जितमा सफल रानाभाटले ११ अंक योगदान गरे । युवराज महतोको १२ स्कोर हेम्सले एलआरआईलाई ३९–२९ ले हरायो ।
सिनियर ब्वाइजमै बीएमसीएले रिलायन्स को–एडलाई ३९–३७ तथा त्रिज्योतिले हेराल्डलाई ३२–२१ ले हराए । बीएमसीएका साजन कार्कीले १२ र त्रिज्योतिका नवाङ शेर्पाले १० स्कोर गरे ।
सिनियर गर्ल्समा रिब्सले एलआरआईलाई ३०–९, बौद्ध चिल्ड्रेन हेभन स्कुलले विल्सन एकेडेमीलाई २५–२३ र मातृभूमिले जोन डेवीलाई २७–८ ले पन्छाए । रिब्सकी सुप्रिया मल्लले १४, बीएचसीएसकी जस्मिन गुरुङले १० र मातृभूमिकी याङ्छेन तामाङले ८ स्कोर बटुले ।