Trending
Prev Story
Next Story

बास्केटबलमा ज्ञानोदय बालबाटिकाको दोहोरो जित

Ekantipur •
November 22, 2026 • 02:33 PM
4
4 reads 0 reactions

आयोजक रेडियन्ट पब्लिकको कोर्टमा ज्ञानोदयले होली भिजनलाई ३५–२९ स्कोरले पराजित गरेकाे थियो । ज्ञानोदयका साइमन क्षेत्रीले १३ स्कोर गरे ।

बास्केटबलमा ज्ञानोदय बालबाटिकाको दोहोरो जित

आयोजक रेडियन्ट पब्लिकको कोर्टमा ज्ञानोदयले होली भिजनलाई ३५–२९ स्कोरले पराजित गरेकाे थियो । ज्ञानोदयका साइमन क्षेत्रीले १३ स्कोर गरे ।

काठमाडौं — ज्ञानोदय बालवाटिकाले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो जित निकालेको छ । ज्ञानोदय सिनियर ब्वाइज र गर्ल्स दुवैमा विजयी भएको हो ।

आयोजक रेडियन्ट पब्लिकको कोर्टमा ज्ञानोदयले होली भिजनलाई ३५–२९ स्कोरले पराजित गरेकाे थियो । ज्ञानोदयका साइमन क्षेत्रीले १३ स्कोर गरे । प्रिन्सेस थापा मगरको ७ स्कोरमा ज्ञानोदयले केभीएस रानीवनलाई ११–९ स्कोरले हरायो ।

सिनियर ब्वाइजमै निसर्ग वाटिकाले मोक्षदालाई ४६–२८, केभीएस, रानीवनले कश्यपलाई ३८–१८ र राइजिङ स्टारले विस्डमलाई ४३–१८ ले हराए । निसर्गका अर्नब सिंहले १४, केभीएस, रानीवनका जिग्मे लामाले १० र राइजिङ स्टारका रेजन थापाले २३ स्कोर गरे । सिनियर गर्ल्समा निसर्ग वाटिकाले केभीएस स्युचाटारलाई ३४–४ स्कोरले पराजित गरेकाे हाे । निसर्गकी आश्रा भण्डारीले १८ स्कोर जोडिन् ।

जुनियर ब्वाइजमा केभीएसले ओएसिस्लाई १९–८ तथा ह्वाइटफिल्डले कश्यपलाई १६–६ स्कोरले हराए । केभीएसका राजीव अधिकारीले १० र ह्वाइटफिल्डका मसिक तामाङले ४ स्कोर गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
22h ago
बास्केटबलमा रेडियन्टको ह्याट्रिक जित

बास्केटबलमा रेडियन्टको ह्याट्रिक जित

बास्केटबलमा रेडियन्टको ह्याट्रिक जित न्युटन र गण्डकीले २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा जित पाएका छन् । मंसिर ५, २०८३ कान्तिपुर संवाददाता आयोजक रेडियन्ट पब्लिकले...

#रेडियन्ट #पब्लिक #बास्केटबल
Compare →

Related Stories

Sports
Build #2612