Trending
Prev Story
Next Story

चितवनमा गुञ्जिँदै छन् बलिउड गायक ‘अहुजा र रोमी’

Ekantipur •
November 22, 2026 • 02:03 PM
4
4 reads 0 reactions

आयोजक ट्वाइलाइट इन्टरटेनमेन्ट इभेन्ट कम्पनीले आइतबार पत्रकार सम्मेलन गरी बलिउड संगीत क्षेत्रका प्रतिभाशाली कलाकार नवजोत अहुजा र रोमीले विशेष सांगीतिक प्रस्तुति दिने जानकारी दिएको हो।

चितवनमा गुञ्जिँदै छन् बलिउड गायक ‘अहुजा र रोमी’

आयोजक ट्वाइलाइट इन्टरटेनमेन्ट इभेन्ट कम्पनीले आइतबार पत्रकार सम्मेलन गरी बलिउड संगीत क्षेत्रका प्रतिभाशाली कलाकार नवजोत अहुजा र रोमीले विशेष सांगीतिक प्रस्तुति दिने जानकारी दिएको हो।

नारायणगढ — चितवनको नारायणगढस्थित क्याम्पाचौरमा मंसिर १२ गते शनिबार ‘इकोज अफ बलिउड’ अर्थात् ‘बलिउडका प्रतिध्वनिहरू’ नाम दिइएको विशेष सांगीतिक कार्यक्रम हुने भएको छ।

आयोजक ट्वाइलाइट इन्टरटेनमेन्ट इभेन्ट कम्पनीले आइतबार पत्रकार सम्मेलन गरी बलिउड संगीत क्षेत्रका प्रतिभाशाली कलाकार नवजोत अहुजा र रोमीले विशेष सांगीतिक प्रस्तुति दिने जानकारी दिएको हो। रोमीले चर्चामा रहेका ‘फिका फिका था मनवा ए मेरा, छुके तुने भरा रङ तेहरा..’, ‘जब देखो त लाल पिली अखिया..’ लगायतका हिट गीत गाउने छन्। अर्का गायक नवजोत अहुजाका ‘खत लेखु’ लगायतका चर्चित गीत छन्। यी दुई बलिउड कलाकारसँगै स्थानीय दुई ब्याण्डको पनि प्रस्तुति रहने छ।

भरतपुरको ‘डिजे निक’ र गैंडाकोटको ‘डिजे घोस्ट’ ब्याण्डले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ । संगीतको कुनै सीमा नहुने र यसले भाषा, भूगोल तथा संस्कृतिभन्दा माथि उठेर मानिसलाई जोड्ने माध्यमका रूपमा काम गर्ने विश्वासका साथ कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीका निर्देशक सौगात रेग्मीले जानकारी दिए । ‘काठमाडौंमा सोनु निगम ल्याएर कार्यक्रम गर्न सफल भयौं, आफ्नै ठाउँमा केही गरौं भनेर चितवनमा अहिलेका दुई चर्चित बलिउड कलाकार ल्याउँदै छौं, चितवनका संगीतप्रेमीहरुले भरपुर मनोरञ्जन लिनु पाउनुहुनेछ,’निर्देशक रेग्मीले भने ।

बलिउड सांगीतिक प्रस्तुति हेर्नका लागि आयोजकले दुई प्रकारका टिकट व्यवस्था गरेको छ । १ हजार र १ हजार ५ सय रुपैयाँको टिकट बिक्री भइसकेका छन् भने अहिले एक हजार दुई सय र १ हजार ७ सय रुपैयाँको टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ । यस्तै ४ सय जनाका लागि भीआईपी टिकटको मूल्य ५ हजार रुपैयाँ तोकिएको निर्देशक रेग्मीले जानकारी दिए ।

आयोजकका अनुसार कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र स्मरणीय बनाउन आवश्यक तयारी भइरहेको छ । करिब ५ घण्टाको सांगीतिक प्रस्तुति अपराह्न ४ बजेपछि सुरु हुनेछ । आगामी दिनमा देशका अन्य मुख्य सहरमा पनि यो सांगीतिक प्रस्तुति लैजाने तयारी आयोजकको छ । सांगीतिक कार्यक्रमको मुख्य प्रायोजक एक्स्ट्रीम इनर्जी ड्रिंक्स रहेको छ भने टिकटिङ पार्टनरमा खल्ती वालेट रहेको छ ।

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Prev Swipe Story Next

Related Stories

Entertainment & Cinema
Build #2612