न्युटन र गण्डकीले २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा जित पाएका छन् ।
काठमाडौँ — आयोजक रेडियन्ट पब्लिकले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार ह्याट्रिक जित निकालेको छ । घरेलु कोर्टमा रेडियन्टले सिनियर ब्वाइज, गर्ल्स र जुनियर ब्वाइजमा जित पाएको हो ।
सिनियर ब्वाइजमा रेडियन्टले एक्सेल पब्लिकलाई ५१–८ को फराकिलो अन्तरले हरायो । रेडियन्टका विदान कार्कीले २१ स्कोर गरे । अन्य खेलमा ज्ञानोदयले बेबी एन्जललाई ३४–६, मोक्षदाले सभ्यता पाठशालालाई २३–२०, केभीएस, रानीवनले ओएसिसलाई ४२–१७, पुष्पसदनले राइजिङ स्टारलाई ४१–२९ र स्वर्णिमले द एक्सेल्सियर स्कुललाई ३७–१४ ले हराए । ज्ञानोदयका साइमन क्षेत्रीले १७, मोक्षदाका सन्दीप श्रेष्ठले १२, केभीएसका थाङसाङ लिम्बूले १५, पुष्पसदनका अनिश कुँवरले १६ र स्वर्णिमका श्रोत्तम कार्कीले १४ स्कोर जोडे ।
सिनियर गर्ल्समा रेडियन्टले केभीसी, रानीवनलाई २०–१० तथा निसर्ग वाटिकाले स्वर्णिमलाई २१–११ ले हराए । रेडियन्टकी प्रीतिका रसाइलीले ८ तथा निसर्गकी आश्रा राजभण्डारीले १४ स्कोर बटुले ।
जुनियर ब्वाइजमा रेडियन्टले ह्वाइटफिल्डलाई १८–७ र रातो बंगलाले ओएसिसलाई १८–५ ले हराए । रेडियन्टका जेनिश लामिछाने र रातो बंगलाको सुरान्शले ६–६ स्कोर जोडे ।
न्युटन र गण्डकीले २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा जित पाएका छन् । आयोजक भ्याली पब्लिकको कोर्टमा न्युटनले हेराल्डलाई २२–१८ ले हरायो । न्युटनको जितमा रमनले ८ स्कोर गरे । सरोजको ८ स्कोरमा गण्डकीले समृद्धिलाई २३–१५ ले हरायो ।
सिनियर ब्वाइजमा रेडियन्टले स्किब्सलाई ४३–४०, बीएमसीएले संस्कारलाई ३२–२५ र गोल्डेनपिकले बीएमडीएसएसलाई ३५–२८ ले पाखा लगाए । रेडियन्टका राजले १९, बीएमसीएका सवितले ८ र गोल्डेनपिकका सुशिल गिरीले १६ स्कोर गरे ।
सिनियर गर्ल्समा ह्वाइटफिल्डले वेदव्यासलाई ११–८, रिलायन्सले बाल वाटिकालाई ८–६ र टीआईएले विभूतिलाई २१–१३ ले पन्छाए । ह्वाइटफिल्डकी स्मृति राईले ७, रिलायन्सकी रेबिकाले ४ र टीआईएकी क्लारा लिम्बूले ९ स्कोर जोडे ।