Trending
Prev Story
Next Story

ट्राइब्रेकरमा खार्मीलाई हराउँदै सोल्माले जित्यो फुटबल उपाधि

Ekantipur •
November 21, 2026 • 06:02 PM
4
4 reads 0 reactions

शनिबार भएको फाइनलमा आयोजक खार्मीलाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सोल्माले उपाधि जितेको हो ।

ट्राइब्रेकरमा खार्मीलाई हराउँदै सोल्माले जित्यो फुटबल उपाधि

शनिबार भएको फाइनलमा आयोजक खार्मीलाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सोल्माले उपाधि जितेको हो ।

खोटाङ — ‘प्रथम एक्सट्रिम शिखर स्पोर्ट्स कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२, सोल्माले जितेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–खार्मीस्थित शिखर स्पोर्ट्स क्लबको आयोजनामा घरेलु खेलमैदानमा शनिबार भएको फाइनलमा आयोजक खार्मीलाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सोल्माले उपाधि जितेको हो ।

विजेताले एक लाख ११ हजार एक सय ११ रूपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेताले ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

सेमिफाइनलिस्ट बाक्सिला र टेम्माले जनही २१ हजार एक सय ११ रूपैयाँका दरले नगदसहित मेडल र प्रमाणपत्र पाएको छ । विधागततर्फ सोल्माका आशिष राई उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनलाई पाँच हजार पाँच सय ५५ रूपैयाँले पुरस्कृत गरिएको छ ।

त्यस्तै उदीयमान खेलाडीमा सोल्माका हेखाम राई, उत्कृष्ट गोलरक्षकमा सोल्माकै नवीन पोखरेल, उत्कृष्ट डिफेण्डरमा खार्मीका सविन दाहाल, उत्कृष्ट मिडफिल्डरमा सोल्माका विकाश राई, उत्कृष्ट प्रशिक्षकमा सोल्माकै प्रकाश राई र सर्वाधिक गोलकर्तामा बाक्सिलाका संगम राई घोषित भएका छन् । उनीहरूलाई नगद तीन हजार तीन सय ३३ रूपैयाँका दरले पुरस्कृत गरिएको छ ।

त्यस्तै प्रतियोगिता समापनको अवसरमा खेल पत्रकारिता पुरस्कारबाट पत्रकार आत्मा राई ‘मिनाक्क्षी’लाई नगद पाँच हजार पाँच सय ५५ राशीको पुरस्कृत गरिएको प्रतियोगिताका संयोजक हर्कराज राईले बताएका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5h ago
लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो एनपीएलको उपाधि

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमले जित्यो एनपीएलको उपाधि

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।

#उपाधि #हराउँदै #जित्यो
Compare →
Bizshala
2d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#उपाधि #हराउँदै
Compare →
Nagarik News
2d ago
ब्रिसबेनमा नेपाली समुदायको क्रिकेटमा एभरेष्टले लगातार तेस्रो पटक जित्यो उपाधि

ब्रिसबेनमा नेपाली समुदायको क्रिकेटमा एभरेष्टले लगातार तेस्रो पटक जित्यो उपाधि

अष्ट्रेलियाको ब्रिसबेनमा नेपाली क्लबहरू बिच आयोजना भएको क्रिकेटमा एभरेष्ट क्लब टुवुम्बाले लगातार तेस्रो पटक उपाधि जितेको छ।

#उपाधि #जित्यो
Compare →
Arthasansar
5h ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#उपाधि
Compare →
Onlinekhabar
1d ago
कप्तानका रूपमा दीपेन्द्रको तेस्रो फ्रेन्चाइज उपाधि

कप्तानका रूपमा दीपेन्द्रको तेस्रो फ्रेन्चाइज उपाधि

५ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेसँगै कप्तान दीपेन्द्रसिंह ऐरीको फ्रेन्चाइज क्रिकेट यात्रामा अर्को उपलब्धि थपिएको छ। सुदूरपश्चिमलाई पहिलो एनपीएल उपाधि दिलाएका दीपेन्द्रले कप्तानका रूपमा आफ्नो तेस्रो …

#उपाधि
Compare →

Related Stories

Sports
Build #2612