Trending
Prev Story
Next Story

यूएईविरुद्धको जितमा सन्दीप लामिछाने ‘प्लेयर अफ द म्याच’

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions 4 comments

६ मंसिर, काठमाडौं । एसिया कप राइजिङ स्टार्स अन्तर्गत यूएईविरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीप लामिछाने ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्। यो ओडीआई क्रिकेटमा उनको पाँचौं ‘प्लेयर अफ द म्याच’ अवार्ड हो। सन्दीपले यूएईविरुद्ध …

यूएईविरुद्धको जितमा सन्दीप लामिछाने ‘प्लेयर अफ द म्याच’

६ मंसिर, काठमाडौं । एसिया कप राइजिङ स्टार्स अन्तर्गत यूएईविरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीप लामिछाने ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्। यो ओडीआई क्रिकेटमा उनको पाँचौं ‘प्लेयर अफ द म्याच’ अवार्ड हो।

सन्दीपले यूएईविरुद्ध १० ओभर बलिङ गर्दै ११ रन मात्र खर्चिएर तीन विकेट लिए। उनले आफ्नो स्पेलमा तीन ओभर मेडन राखेका थिए।

सन्दीपसँगै तीन विकेट लिएका कुशल भुर्तेल पनि अवार्डका दाबेदार थिए। कुशलले बलिङमा तीन विकेट लिनुका साथै ब्याटिङमा अर्धशतक बनाएका थिए।

खेलपछि प्रतिक्रिया दिँदै सन्दीपले पिच ब्याटिङका लागि निकै राम्रो रहेको बताए। यस्तो पिचमा विपक्षी टोलीलाई १२२–१२३ रनमै अलआउट गर्न कठिन हुने उनको भनाइ थियो।

‘विकेट हेर्दा यो निकै उत्कृष्ट ब्याटिङ पिच थियो। उनीहरूले निकै राम्रो प्रदर्शन गरिरहेका थिए। आफ्नो भूमिका निभाउने सबै बलरहरू विशेष धन्यवादका पात्र छन्’ उनले भने।

उनले पिचमा बल ब्याटमा राम्रोसँग आइरहेको र स्पिन पनि नभएको उल्लेख गर्दै त्यहाँ २६०–२७० रनसम्म बन्न सक्ने बताए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
ह्याट्रिकसहित ६ विकेट लिएका सन्दीप एनपिएलको उत्कृष्ट बलिङमा दोस्रो स्थानमा

ह्याट्रिकसहित ६ विकेट लिएका सन्दीप एनपिएलको उत्कृष्ट बलिङमा दोस्रो स्थानमा

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपिएल) को इतिहासमा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। बिहीबार त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन...

#सन्दीप #बलिङ
Compare →
Nagarik News
1w ago
म हरेक पटक आफ्नो टिमले जितेको हेर्न चाहन्छु: सन्दीप लामिछाने

म हरेक पटक आफ्नो टिमले जितेको हेर्न चाहन्छु: सन्दीप लामिछाने

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे पनि व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

#सन्दीप #लामिछाने
Compare →
Ekantipur
1w ago
लुम्बिनी लायन्सका सन्दीप जोरा भन्छन्, ‘जित हात पर्नेमा विश्वास थियो’

लुम्बिनी लायन्सका सन्दीप जोरा भन्छन्, ‘जित हात पर्नेमा विश्वास थियो’

विराटनगर किंग्सविरूद्धको खेलमा जितका लागि १ सय ६७ रन पछ्याउने क्रममा लुम्बिनी लायन्सले एक बलको खेल बाँकी छँदा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो ।

#सन्दीप
Compare →

Related Stories

Sports
Build #2612