विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपिएल) को इतिहासमा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्।
बिहीबार त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सविरुद्ध सन्दीपले ह्याट्रिकसहित ६ विकेट लिएपछि यो उपलब्धि हासिल गरेका हुन्। उनले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका थिए। यो बलिङ फिगर सन्दीपको टी-२० को उत्कृष्ट हो। यसअघि उनको टी-२० उत्कृष्ट बलिङ फिगर ९ रन दिएर ५ विकेट लिनु थियो।
स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )