Trending
Prev Story
Next Story

बागमती प्रदेश बुद्धिचाल छनोटमा ललितपुर अगाडि

Ekantipur •
November 23, 2026 • 05:02 PM
2
2 reads 0 reactions

बागमती प्रदेश स्तरीय बुद्धिचाल छनोटमा क्लासिकल खेल विधातर्फ १० जिल्लाका ३७ जना पुरुष तथा ६ जिल्लाका २० महिला खेलाडी प्रतिस्पर्धा छन् ।

बागमती प्रदेश बुद्धिचाल छनोटमा ललितपुर अगाडि

बागमती प्रदेश स्तरीय बुद्धिचाल छनोटमा क्लासिकल खेल विधातर्फ १० जिल्लाका ३७ जना पुरुष तथा ६ जिल्लाका २० महिला खेलाडी प्रतिस्पर्धा छन् ।

ललितपुर — आसन्न १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्ले बुद्धिचालमा सोमबार पाँचौं चरण सकिँदा ललितपुरका कमल श्रेष्ठ र सुरज महर्जन साढे ४ अंक जोडेर अग्रस्थानमा रहेका छन् ।

ललितपुरका कमल श्रेष्ठले क्रमशः दोलखाका विमल भण्डारी, ललितपुरका अशोकमोहन श्रेष्ठ, रत्न व्यञ्जनकार, धादिङका सुवास कुमार गुरुङलाई हराए । कमल काभ्रेका शैलेन्द्र न्यौपानेसँग बराबरी गर्दै ४.५ अंक बनाएर छनोट नजिक पुगे ।

ललितपुरका सुरोजले सुस्त गतिमा काभ्रेका खेलाडी शैलेन्द्र न्यौपानेमाथिको खेल नियन्त्रणमा लिए । ललितपुरका सुरज महर्जनले काठमाडौंका गोविन्द खड्का, मकवानपुरका सुन्दर कार्की, चितवनका सुदीप श्रेष्ठ र बनेपाका शैलेन्द्र न्यौपानेलाई पराजित गरे  भने दोलखाका राजीव कार्कीसँग बराबरी खेलेर ४.५ अंक जोडेका छन् ।

प्रतिस्पर्धामा चितवनका सत्यम शर्मा र ललितपुरका अशोकमोहनले समान ४ अंक जोडेर संयुक्त दोस्रोमा छन् । सत्यमले चितवनकै अनिश दुलाल, धादिङका तारामान श्रेष्ठ, दोलखाका राजिव कार्की र काठमाडौंका मोहम्मद इमरान खानलाई पराजित गरे । उनले भक्तपुरका पुरुषोत्तम दुवालसँग हार बेहोरे ।

अशोकमोहनले ललितपुरकै कमल श्रेष्ठसँग पराजित बेहारे भने काभ्रेका तीर्थ लामा, चितवनका अनिश दुलाल, काभ्रेका श्याम मानन्धर र भक्तपुरका पुरुषोत्तम दुवाललाई हराए ।

महिलातर्फ ललितपुरका ग्लोसी श्रेष्ठले साढे ४ अंक जोडेर एकल अग्रता बनाइन् । ग्लोसीले ललितपुरकै इन्सु ओली, काठमाडौकी शुभश्री श्रेष्ठ, रामेछापकी ओजस्वी श्रेष्ठ र चितवनकी लक्ष्मी कँडेललाई पराजित गरिन् । उनले अन्तिम खेल काभ्रेका शुभेच्छा घिमिरेसँग बराबरी खेलिन् ।

चितवनकी लक्ष्मी र काठमाडौकी नेलिसा ओझा समान ४ अंक जोडेर संयुक्त दोस्रो स्थानमा रहन छन् । शुभेच्छा घिमिरे र श्री तुलाधर समान साढे तीन  अंक तथा ओजस्वी, इन्सु, मानसिनी शर्मा र यशस्वी महर्जन समान ३ अंक जोडेका छन् ।

ललितपुरस्थित जुजु सवास् नेवारी रेस्टुरेन्ट नख्खु दोबाटोमा भएको बागमती प्रदेश स्तरीय बुद्धिचाल छनोटमा क्लासिकल खेल विधातर्फ १० जिल्लाका ३७ जना पुरुष तथा ६ जिल्लाका २० महिला खेलाडी प्रतिस्पर्धा छन् ।

प्राविधिक संयोजक राजु ताम्राकारले क्लासिकल विधाको बाँकी दुई चरणका खेल मंगलबार सकिने जानकारी गराए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
बाढी पछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बागमती प्रदेश सरकारले ६ अर्ब रुपैयाँ व्यवस्थापन गर्ने

बाढी पछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बागमती प्रदेश सरकारले ६ अर्ब रुपैयाँ व्यवस्थापन गर्ने

बागमती प्रदेश सरकारले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा रु. ६ अर्ब बराबरको स्रोत व्यवस्थापन गर्ने भएको छ। जावलाखेलस्...

#बागमती
Compare →
Nagarik News
8h ago
आइसिसी विश्वकप छनोट प्लेअफमा नेपालको पहिलो खेल इटालीसँग

आइसिसी विश्वकप छनोट प्लेअफमा नेपालको पहिलो खेल इटालीसँग

नेपालले घरेलु मैदानमा हुने आइसिसी पुरुष क्रिकेट विश्वकप छनोटको प्लेअफमा पहिलो खेल इटालीसँग आगामी डिसेम्बर ४ तारिखमा खेल्नेछ।

#छनोट
Compare →
Bizshala
8h ago
बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

काठमाण्डौ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती...

#बागमती
Compare →
Onlinekhabar
6d ago
ललितपुरमा भ्यानभित्र बोराभरी पैसा, ३ जना पक्राउ

ललितपुरमा भ्यानभित्र बोराभरी पैसा, ३ जना पक्राउ

१ मंसिर, काठमाडौं । ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी …

#ललितपुर
Compare →

Related Stories

National (Nepal)
Build #2612