Trending
Prev Story
Next Story

ललितपुरमा भ्यानभित्र बोराभरी पैसा, ३ जना पक्राउ

Onlinekhabar •
November 17, 2026 • 10:31 AM
3
3 reads 0 reactions

१ मंसिर, काठमाडौं । ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी …

ललितपुरमा भ्यानभित्र बोराभरी पैसा, ३ जना पक्राउ

१ मंसिर, काठमाडौं । ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

१ करोड ६७ लाख ३३ हजार २ सय २० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बा. प्र. १–०२७ च २७६५ नम्बरको भ्यानबाट उक्त रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

उक्त भ्यान नख्खुचोक तर्फबाट अघि बढ्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । भ्यानभित्रको बोराबाट प्रहरी स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ ।

उनीहरूबाट १ हजार दरका १ करोड ९ लाख ८७ हजार रुपैयाँ, ५ सय दरका ५१ लाख ५० हजार, १ दरका ५ लाख, ५० दरका ४२ लाख ६ सय, २० को दरका ४२ हजार ३६०, १० दरका १० हजार २७०, ५ दरका १ हजार रुपैयाँ बरामद गरेको छ ।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2612