Trending
Prev Story
Next Story

नेपालमा पहिलोपटक लेचर एन्टेना र औरा स्क्यानरको प्रशिक्षण, संस्कार एकेडेमीद्वारा तीनदिने आवासीय पाठ्यक्रम सम्पन्न, ७१ जना दीक्षित

Nagarik News •
November 23, 2026 • 12:44 PM
3
3 reads 0 reactions

वास्तुशास्त्रको अध्ययन, विश्लेषण तथा व्यावसायिक परामर्शलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले सफ्टवेयर विकास गरिएको एकेडेमीले जनाएको छ।

नेपालमा पहिलोपटक लेचर एन्टेना र औरा स्क्यानरको प्रशिक्षण, संस्कार एकेडेमीद्वारा तीनदिने आवासीय पाठ्यक्रम सम्पन्न, ७१ जना दीक्षित

संस्कार एकेडेमीले नेपालमा पहिलोपटक वास्तु सफ्टवेयर सार्वजनिक गरेको छ। एकेडेमीले मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको बुढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा तीनदिने आवासीय ‘वास्तु गुरु कार्यकारी पाठ्यक्रम’ समेत सफलतापूर्वक सम्पन्न गरेको छ।

मंसिर ४ गते सञ्चारकर्मीहरूको उपस्थितिमा आयोजित विशेष कार्यक्रममा ‘संस्कार वास्तु’ सफ्टवेयर सार्वजनिक गरिएको हो। वास्तुशास्त्रको अध्ययन, विश्लेषण तथा व्यावसायिक परामर्शलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले सफ्टवेयर विकास गरिएको एकेडेमीले जनाएको छ।

‘संस्कार वास्तु’ सफ्टवेयरमा वास्तुशास्त्रका १६ दिग्दर्शात्मक क्षेत्र, ३२ प्रवेशद्वार, ४५ वास्तुदेवता, ऊर्जा क्षेत्र तथा मर्मस्थानको विश्लेषण गर्न सकिने सुविधा रहेको छ। यसका साथै दिशागत अवस्था र देवता ऊर्जाको मूल्याङ्कन गरी व्यावसायिक वास्तु प्रतिवेदन तयार गर्न सकिने व्यवस्था गरिएको छ। ब्राउजरमा आधारित यस सफ्टवेयर प्रयोग गर्न छुट्टै सफ्टवेयर इन्स्टल गर्नुपर्ने आवश्यकता पर्दैन।

एकेडेमीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एवं मुख्य प्रशिक्षक आचार्य राजबाबु शाहले वास्तु तथा अंशशास्त्रसम्बन्धी शिक्षा नेपालमै उपलब्ध गराउनुका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष परामर्शदाता उत्पादन गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो।

उहाँले नेपाली वास्तु परामर्शदातालाई विश्व बजारमा स्थापित गराउने र नेपाली ज्ञान, सीप तथा क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित एकेडेमीले प्रशिक्षण र प्रविधिको क्षेत्रमा काम गरिरहेको उल्लेख गर्नुभयो।

तीनदिने आवासीय पाठ्यक्रममा आवासीय, व्यावसायिक तथा औद्योगिक भवनको वास्तु विश्लेषणसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। प्रशिक्षणका क्रममा लेचर एन्टेना तथा औरा स्क्यानरको प्रयोगसम्बन्धी अभ्याससमेत गराइएको थियो। पाठ्यक्रम सफलतापूर्वक पूरा गर्ने ७१ जना सहभागीलाई प्रमाणपत्र वितरण गरिएको एकेडेमीले जनाएको छ।

कार्यक्रमले वास्तुशास्त्रलाई परम्परागत ज्ञानमा मात्र सीमित नराखी वैज्ञानिक सोच, व्यावहारिक अभ्यास र आधुनिक प्रविधिको सहायताबाट व्यावसायिक रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास एकेडेमीले व्यक्त गरेको छ।

संस्कार एकेडेमीले वास्तु तथा अंशशास्त्रसम्बन्धी अध्ययन, अनुसन्धान, प्रशिक्षण र व्यावसायिक परामर्शका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। ‘संस्कार वास्तु’ सफ्टवेयरमार्फत वास्तु विश्लेषणलाई अझ व्यवस्थित, सहज र व्यावसायिक बनाउने लक्ष्य राखिएको छ।

प्रकाशित: ७ मंसिर २०८३ १८:२९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
24m ago
नेपालमै पहिलोपटक वास्तु विश्लेषण गर्ने सफ्टवेयर सार्वजनिक, संस्कार एकेडेमीबाट ७१ जना दीक्षित

नेपालमै पहिलोपटक वास्तु विश्लेषण गर्ने सफ्टवेयर सार्वजनिक, संस्कार एकेडेमीबाट ७१ जना दीक्षित

काठमाण्डौ । वास्तुशास्त्रसम्बन्धी अध्ययन, विश्लेषण र परामर्शलाई प्रविधिसँग जोड्ने उद्देश्यले संस्कार एकेडेमीले...

#सफ्टवेयर #संस्कार #एकेडेमी
Compare →
Hamro Patro News
3d ago
नेपालमै पहिलो पटक लेचर एन्टेना, आभा स्क्यानर र वास्तु गुरुको व्यावहारिक कार्यशाला सञ्चालन गर्दै संस्कार एकेडेमी

नेपालमै पहिलो पटक लेचर एन्टेना, आभा स्क्यानर र वास्तु गुरुको व्यावहारिक कार्यशाला सञ्चालन गर्दै संस्कार एकेडेमी

काठमाडौं- नेपालमा वास्तु तथा अंकज्योतिषसम्बन्धी व्यावसायिक पाठ्यक्रम सञ्चालन गर्ने पहिलो संस्थाका रूपमा स्थापित संस्कार एकेडेमीले नेपाली वास्तु क्षेत्रको विकासमा नयाँ पहल अघि सारेको छ। संस्थाले नेप...

#संस्कार #एकेडेमी #वास्तु
Compare →
Ekantipur
4d ago
आफन्तको मृत्यु संस्कारमा हिँडेका बमबहादुरले गाडी दुर्घटनामा ज्यान गुमाए

आफन्तको मृत्यु संस्कारमा हिँडेका बमबहादुरले गाडी दुर्घटनामा ज्यान गुमाए

आफन्तको मृत्यु संस्कारमा सहभागी हुन नुवाकोट जाँदै गरेका रौतहटका ५० वर्षीय बमबहादुर वाइबाले मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा उनीसँगै ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् ।

#संस्कार
Compare →
Onlinekhabar
3w ago
सम्पदा जोड्दै तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न

सम्पदा जोड्दै तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न

१६ कात्तिक, काठमाडौं । तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले युनेस्कोको सिर्जनशील चलचित्र शहरको मान्यताअनुसार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिवद्धता पूरा गरेको बताएकी छन् । काठमाडौं फिल्म फेस्टिभल …

#तीनदिने #सम्पन्न
Compare →

Related Stories

National (Nepal)
Build #2612