आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘ए’ र मार्वलसले १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबलको सिनियर ब्वाइजमा विजयी सुरुआत गरेका छन् ।
काठमाडौं — आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘ए’ र मार्वलसले १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा विजयी सुरुआत गरेका छन् ।
आइतबार घरेलु कोर्टमा टीआईए ‘ए’ ले हिमालयलाई ३१-६ स्कोरले पराजित ग¥यो । टीआईएका आविष्कार रोक्काले १३ स्कोर जोडे । मार्वलसले बीएमसीएलाई ३०–१७ ले हरायो । मार्वलसका सिनेप शाहीले १६ स्कोर गरे ।
सिनियर ब्वाइजमै त्रिज्योतिले युनाइटेडलाई ५९-१३, भ्याली पब्लिकले विल्सन एकेडेमीलाई ५९-४६, निम्सले गण्डकीलाई ४६-३३ र मातृभूमिले ग्रिनल्यान्डलाई ४६-१५ ले स्कोर हराए । त्रिज्योतिका लाक्पा शेर्पाले ११, भ्याली पब्लिक अशोक विकले १७, निम्सका नवीन श्रेष्ठले १६ र मातृभूमिका सक्षम महर्जनले २३ स्कोर बटुले ।
सिनियर गल्र्समा भ्याली पब्लिकले त्रिज्योतिलाई ३२-१४, विल्सनले टीआईएलाई २१-११, मातृभूमिले निम्सलाई १७-६ र रिब्सले चेल्सी वर्ल्डलाई ३२-६ स्कोरले हराए । भ्याली पब्लिककी दृश्य गुरुङले १२, विल्सनकी रश्मी जिसीले १३, मातृभुमिकी सइजा श्रेष्ठले १० र रिब्सकी सुप्रिया मल्लले १३ स्कोर गरे ।
प्रतियोगिताको युनाइटेड ठुङ्ररम बुद्धिस्ट फाउन्डेसनका महासचिव सोनाम र टीआईएका व्यवस्थापन सदस्य तथा प्रिन्सिपल नीरा प्रधानले रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।