Trending
Prev Story
Next Story

सम्पदा जोड्दै तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न

Onlinekhabar •
November 02, 2026 • 05:31 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले युनेस्कोको सिर्जनशील चलचित्र शहरको मान्यताअनुसार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिवद्धता पूरा गरेको बताएकी छन् । काठमाडौं फिल्म फेस्टिभल …

सम्पदा जोड्दै तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न

१६ कात्तिक, काठमाडौं । तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले युनेस्कोको सिर्जनशील चलचित्र शहरको मान्यताअनुसार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिवद्धता पूरा गरेको बताएकी छन् ।

काठमाडौं फिल्म फेस्टिभल २०२६ को समापन समारोहलाई बौद्धनाथमा सम्बोधन गर्दै उनले सन् २०२३ मा युनेस्कोको सिर्जनशील चलचित्र सहरको मान्यता प्राप्त गरेपछि चार वर्षभित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना गर्ने प्रतिवद्धता गरेको र सन् २०२६ मै त्यसलाई पूरा गर्न सफल भएको बताएकी हुन् ।

तीनदिने फेस्टिभलले विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र र बौद्धनाथलाई जोडेको उनले बताइन् । बसन्तपुरबाट शुरु भएको फेस्टिभल बौद्धनाथमा समापन गर्न पाउँदा खुशी लागेको उनको भनाइ छ ।

फेस्टिभलको पहिलो दिन वर्षाका कारण कार्यक्रम सञ्चालनमा कठिनाइ भएपनि कलाकार, स्वयंसेवक, महानगरपालिका परिवार र नगर प्रहरीको सहयोगले कार्यक्रम सफल भएको उनले बताइन् ।

फेस्टिभल सफल बनाउन सहयोग गर्ने फिल्म विकास बोर्ड, एलायन्स फ्रान्सेज, अमेरिकी तथा अस्ट्रेलियाली दूतावास, युनेस्को र अन्य साझेदार संस्थाप्रति उनले धन्यवाद ज्ञापन गरिन् ।

त्यस्तै, फेस्टिभलका निर्देशक तथा आयोजक टोलीले गरेको मेहनतको प्रशंसा गर्दै उनले राति १० बजे शुरु हुने बैठक बिहान २ देखि ३ बजेसम्म चल्ने गरेको अनुभव सनाइन् ।

नेपाली चलचित्र र कथालाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्‍याउनु फेस्टिभलको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै डंगोलले नेपालले विश्वका कथा हेर्ने र सुन्ने मात्र नभई विश्वले पनि नेपाली कथा हेर्ने र सुन्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

डंगोलले भनिन्, ‘नेपालले विश्वका कथाहरू हेर्ने, सुन्ने मात्र होइन, विश्वले पनि हाम्रा कथाहरू देख्न र सुन्न पाउनुपर्छ । वरिष्ठ कलाकारहरूलाई खाना खान जाने वा विश्राम गर्ने हो भनेर सोध्दा पनि उहाँहरूले होइन, हामी अझै फिल्म हेर्न चाहन्छौँ भन्नुभयो । यसले हामीलाई थप ऊर्जा दिएको छ । हामीले विश्वका कथा नेपाललाई देखाउने, सुनाउने र सुनाउने मात्र होइन, नेपालका कथाहरू पनि विश्वले देख्ने र सुन्ने वातावरण बनाउनुपर्छ ।’

फेस्टिभलको औपचारिक समापन भए पनि नेपाली कथा र चलचित्रलाई विश्वमाझ पुर्‍याउने यात्रा निरन्तर रहने उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
वडाअध्यक्ष तन्डुकारद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

वडाअध्यक्ष तन्डुकारद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं- तिहार, म्हःपूजा, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा काठमाडौं महानगरपालिका–११ का वडा अध्यक्ष हिरालाल तन्डुकारको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बबरमहलस्...

#काठमाडौं-महानगर #सम्पन्न
Compare →
Ekantipur
9h ago
सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

अभियानअन्तर्गत महानगरले सम्पदा अभिलेखीकरण, जनचेतना, समुदायको क्षमता विकास र कूटनीतिक सहकार्यलाई प्राथमिकता दिँदै विदेशी सङ्ग्रहालयमा पुगेका सम्पदाको प्रमाण सुरक्षित राख्नेछ ।

#काठमाडौं-महानगर #सम्पदा #काठमाडौं
Compare →
Nagarik News
1d ago
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमाद नगरपालिकाले गत आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा धार्मिक र सांस्कृतिक सम्पदासम्बन्धी विभिन्न पूर्वाधार आयोजना सम्पन्न गरेको छ।

#सम्पन्न
Compare →

Related Stories

National (Nepal)
Build #2611