Trending
Prev Story
Next Story

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

Onlinekhabar •
November 13, 2026 • 09:30 AM
1
1 reads 0 reactions

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ ।

यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, जनचेतना अभिवृद्धि र समुदायको क्षमता विकासलाई प्राथमिकतामा राख्ने भएको हो ।

शुक्रवार काठमाडौं महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले हराएका तथा चोरी भएका भगवान र सम्पदालाई घर फर्काउने अभियानलाई संस्थागत र प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् ।

उनका अनुसार महानगरपालिकाले यसअघि कुटनीतिक माध्यम तथा विदेशमा रहेका विभिन्न सङ्घसंस्था र समुदायसँग सहकार्य गरेर चोरी भएका सम्पदा फिर्ता ल्याउने प्रयास गर्दै आएको छ । आगामी दिनमा यस्ता प्रयासलाई थप औपचारिक र व्यवस्थित बनाइनेछ ।

सम्पदा संरक्षण गर्नु भनेको भएका सम्पदाको भौतिक संरक्षण मात्रै नभई चोरी तथा अवैध ओसारपसार रोक्नु पनि भएको डंगोलको भनाइ छ । विदेशका विभिन्न सङ्ग्रहालयमा नेपाली सम्पदा रहेको जानकारी प्राप्त भए पनि ती सम्पदा कहाँबाट चोरी भएका हुन् भन्ने प्रमाण जुटाउन कठिन हुने गरेको उनले बताइन् ।

यसका लागि महानगरले सम्पदाको विस्तृत अभिलेखीकरण, तस्बिर, श्रव्यदृश्य सामग्री तथा आवश्यक विवरण सुरक्षित राख्नुपर्नेमा जोड दिएको छ । विगतका केही अभ्यासले एउटा तस्बिरकै आधारमा चोरी भएको सम्पदाको वास्तविक स्थान पहिचान गरी फिर्ता ल्याउन र पुनःस्थापना गर्न सहयोग पुगेको उनले उल्लेख गरिन् ।

‘काठमाडौं महानगरपालिकाले चोरी भएका तथा विदेशमा पुर्‍याइएका नेपाली सम्पदाहरू पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप प्रभावकारी बनाउन समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यसका लागि कुटनीतिक माध्यम, अन्तर्राष्ट्रिय संघसंस्था र विदेशस्थित समुदायसँगको सहकार्यलाई थप व्यवस्थित बनाइनेछ,’ उनले भनिन् ।

डंगोलले महागौरीको मूर्ति फिर्ता ल्याएर पुनःस्थापना गर्दाको उदाहरण दिँदै सम्पदाको पहिचान र प्रमाणीकरणमा तस्बिरको महत्वपूर्ण भुमिका हुने बताइन् । कतिपय अवस्थामा कुन ठाउँको सम्पदा हो भन्ने जानकारीसमेत नहुने भएकाले व्यवस्थित अभिलेखीकरण आवश्यक रहेको उनको भनाइ छ ।

‘सम्पदा संरक्षण भनेको विद्यमान सम्पदाको संरक्षण मात्र नभई चोरी तथा अवैध ओसारपसार रोक्नु र विदेशमा रहेका सम्पदालाई पहिचान गरी आफ्नै स्थानमा पुनःस्थापना गर्नु पनि हो । यसका लागि सम्पदाको अभिलेखीकरण, फोटो तथा भिडियो संकलन र हराएका सम्पदाबारे प्रहरीमा औपचारिक उजुरी गर्ने अभ्यासलाई प्रोत्साहन गरिनेछ । एउटा पुरानो तस्बिरकै आधारमा महागौरीको मूर्ति पहिचान गरी फिर्ता ल्याउन र पुनःस्थापना गर्न सम्भव भएको उदाहरणले अभिलेखीकरणको महत्त्व पुष्टि गरेको छ,’ डंगोलको भनाइ थियो ।

उनले हराएका धार्मिक सम्पदाबारे प्रहरीमा उजुरी दिने अभ्यास पनि उत्तिकै महत्त्वपूर्ण रहेको पनि बताइन् । मानिस हराउँदा प्रहरीमा उजुरी गर्ने प्रचलन भएपनि भगवान तथा धार्मिक सम्पदा हराउँदा प्रहरीमा औपचारिक जानकारी गराउने अभ्यास विगतमा कम रहेको उनले बताइन् ।

तलेजु भवानीको हार फिर्ता ल्याउने प्रयासका क्रममा प्रहरीमा गरिएको उजुरीको प्रमाण मागिएको तर त्यसबेला उजुरी गर्नुपर्छ भन्ने चेतना नै नभएका कारण आवश्यक प्रमाण जुटाउन कठिन भएको उनले उदाहरण दिइन् ।

महानगरले सम्पदा संरक्षणसम्बन्धी जनचेतना अभियान आफ्नै जनप्रतिनिधि र कर्मचारीबाट शुरु गर्ने भएको छ । त्यसपछि नगर प्रहरी, फिल्डमा खटिने कर्मचारी, गुठी, सङ्घसंस्था, टोल सुधार समिति तथा स्थानीय समुदायसम्म अभियान विस्तार गरिने डंगोलले बताइन् ।

विशेषगरी सम्पदा संरक्षणका क्रममा सामान्य प्राविधिक ज्ञानको अभावमा पनि क्षति पुग्न सक्ने भएकाले फिल्डमा काम गर्ने कर्मचारीलाई आवश्यक तालिम दिनुपर्ने उनको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
8h ago
सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

अभियानअन्तर्गत महानगरले सम्पदा अभिलेखीकरण, जनचेतना, समुदायको क्षमता विकास र कूटनीतिक सहकार्यलाई प्राथमिकता दिँदै विदेशी सङ्ग्रहालयमा पुगेका सम्पदाको प्रमाण सुरक्षित राख्नेछ ।

#काठमाडौं-महानगर #सम्पदा #काठमाडौं
Compare →
Hamro Patro News
2d ago
विवाह गराउन नसके ४५ हजार फिर्ता गर्ने ‘डेटिङ एप’को अनौठो अफर

विवाह गराउन नसके ४५ हजार फिर्ता गर्ने ‘डेटिङ एप’को अनौठो अफर

डेटिङ एपमार्फत पनि उपयुक्त जीवनसाथी खोज्न नसके पैसा फिर्ता पाइन्छ भने कस्तो होला ? चीनको एउटा एआई डेटिङ एपले यस्तै अनौठो अफर ल्याएको छ। चीनको ‘लियाङपेई एआई’ नामक डेटिङ एपले प्रयोगकर्ताबाट वार्षिक...

#फिर्ता
Compare →

Related Stories

National (Nepal)
Build #2611