२७ कात्तिक, काठमाडौं । प्रोटोन ‘ई.मास ५’ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई प्रतिष्ठित अवार्ड जित्दै आफ्नो विद्युतीय सवारी यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
ई.मास ५ ले उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक-पिपल्स च्वाइस र उत्कृष्ट अफोर्डेबल कार-एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो । यस उपलब्धिले उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विज्ञमाझ प्रोटोन ई.मास ५ को बढ्दो लोकप्रियता र आकर्षण थप पुष्टि गरेको छ ।
यी दुई अवार्डले मलेसियाको प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले प्राप्त गरिरहेको विश्वास र स्वीकार्यता प्रतिविम्बित गर्छन् । पिपल्स च्वाइस अवार्डले उपभोक्ताको रोजाइ र विश्वासलाई सम्मान गरेको छ भने एडिटर्स च्वाइस अवार्डले अटोमोबाइल क्षेत्रका विज्ञहरूको मूल्यांकनका आधारमा यसको समग्र गुणस्तर, उपयोगिता र मूल्यलाई मान्यता दिएको छ ।
यो उपलब्धिले आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधा सहित विद्युतीय सवारीलाई थप सहज र पहुँचयोग्य बनाउने प्रोटोनको प्रतिबद्धता थप बलियो बनाएको छ ।
नेपालमा पनि विद्युतीय सवारी बजार विस्तार हुँदै गएको र उपभोक्ताले प्रविधिमैत्री, व्यावहारिक तथा उचित मूल्यका सवारीसाधनलाई प्राथमिकता दिन थालेको वर्तमान सन्दर्भमा यो अन्तर्राष्ट्रिय उपलब्धि महत्त्वपूर्ण छ ।
यसले नेपाली अटोमोबाइल बजारमा प्रवेश गरिरहेको प्रोटोन ई.मास ५ को विश्वसनीयता र बजारप्रतिको आकर्षण थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
नेपालमा प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि नेपाली ग्राहकका लागि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका सवारीसाधन तथा नवीनतम मोबिलिटी समाधान उपलब्ध गराउन प्रतिबद्ध छ ।
प्रोटोन मलेसियासँगको सहकार्यमा कम्पनीले बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई भरपर्दो र सहज सवारी स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्यसहित नेपालमा प्रोटोनको उपस्थिति थप सुदृढ बनाउँदै आएको छ ।
प्रोटोन ई.मास ७ को सफल परिचयपछि प्रोटोन ई.मास ५ को आगमन नेपालमा कम्पनीको विद्युतीय मोबिलिटी विस्तारको अर्को महत्त्वपूर्ण कदम हो ।
विद्युतीय सवारी प्रयोगप्रति जनचेतना र उपभोक्ताको विश्वास अभिवृद्धि गर्दै विश्वस्तरीय अटोमोबाइल प्रविधिलाई नेपाली उपभोक्तामाझ अझ नजिक पुर्याउने लक्ष्य जगदम्बा मोटर्सले राखेको छ ।