Trending
Prev Story
Next Story

सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

Ekantipur •
November 13, 2026 • 09:31 AM
1
1 reads 0 reactions

अभियानअन्तर्गत महानगरले सम्पदा अभिलेखीकरण, जनचेतना, समुदायको क्षमता विकास र कूटनीतिक सहकार्यलाई प्राथमिकता दिँदै विदेशी सङ्ग्रहालयमा पुगेका सम्पदाको प्रमाण सुरक्षित राख्नेछ ।

सम्पदा घर फर्काउन काठमाडौं महानगरले विशेष अभियान चलाउने

अभियानअन्तर्गत महानगरले सम्पदा अभिलेखीकरण, जनचेतना, समुदायको क्षमता विकास र कूटनीतिक सहकार्यलाई प्राथमिकता दिँदै विदेशी सङ्ग्रहालयमा पुगेका सम्पदाको प्रमाण सुरक्षित राख्नेछ ।

काठमाडौं — काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, जनचेतना अभिवृद्धि र समुदायको क्षमता विकासलाई प्राथमिकतामा राख्ने भएको हो ।

शुक्रबार काठमाडौं महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले हराएका तथा चोरी भएका मूर्तिहरू र सम्पदालाई घर फर्काउने अभियानलाई संस्थागत र प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् । उनका अनुसार महानगरपालिकाले यसअघि कुटनीतिक माध्यम तथा विदेशमा रहेका विभिन्न सङ्घसंस्था र समुदायसँग सहकार्य गरेर चोरी भएका सम्पदा फिर्ता ल्याउने प्रयास गर्दै आएको छ । आगामी दिनमा यस्ता प्रयासलाई थप औपचारिक र व्यवस्थित बनाइनेछ ।  सम्पदा संरक्षण गर्नु भनेको भएका सम्पदाको भौतिक संरक्षण मात्रै नभई चोरी तथा अवैध ओसारपसार रोक्नु पनि भएको डंगोलको भनाइ छ ।

विदेशका विभिन्न सङ्ग्रहालयमा नेपाली सम्पदा रहेको जानकारी प्राप्त भए पनि ती सम्पदा कहाँबाट चोरी भएका हुन् भन्ने प्रमाण जुटाउन कठिन हुने गरेको उनले बताइन् । यसका लागि महानगरले सम्पदाको विस्तृत अभिलेखीकरण, तस्बिर, श्रव्यदृश्य सामग्री तथा आवश्यक विवरण सुरक्षित राख्नुपर्नेमा जोड दिएको छ । विगतका केही अभ्यासले एउटा तस्बिरकै आधारमा चोरी भएको सम्पदाको वास्तविक स्थान पहिचान गरी फिर्ता ल्याउन र पुनःस्थापना गर्न सहयोग पुगेको उनले उल्लेख गरे । डंगोलले महागौरीको मूर्ति फिर्ता ल्याएर पुनःस्थापना गर्दाको उदाहरण दिँदै सम्पदाको पहिचान र प्रमाणीकरणमा तस्बिरको महत्वपूर्ण भूमिका हुने बताइन् ।

उनले हराएका धार्मिक सम्पदाबारे प्रहरीमा उजुरी दिने अभ्यास पनि उत्तिकै महत्वपूर्ण रहेको बताइन् । मानिस हराउँदा प्रहरीमा उजुरी गर्ने प्रचलन भएपनि भगवान तथा धार्मिक सम्पदा हराउँदा प्रहरीमा औपचारिक जानकारी गराउने अभ्यास विगतमा कम रहेको उनले बताइन् । तलेजु भवानीको हार फिर्ता ल्याउने प्रयासका क्रममा प्रहरीमा गरिएको उजुरीको प्रमाण मागिएको तर त्यसबेला उजुरी गर्नुपर्छ भन्ने चेतना नै नभएका कारण आवश्यक प्रमाण जुटाउन कठिन भएको उनले उदाहरण दिइन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
7h ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#काठमाडौं-महानगर #सम्पदा #काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2611