Trending
Prev Story
Next Story

गान्धीको समाधिस्थलमा पुगेर प्रधानमन्त्री शाहले लेखे– करुणा नै सर्वोच्च शक्ति

Ekantipur •
November 23, 2026 • 05:33 AM
6
6 reads 0 reactions

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । भगवान् गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको उल्लेख गर्दै उनले गान्धीको विरासतमा पनि त्यही अमर प्रकाश देखेको उल्लेख गरेका छन् ।

गान्धीको समाधिस्थलमा पुगेर प्रधानमन्त्री शाहले लेखे– करुणा नै सर्वोच्च शक्ति

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । भगवान् गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको उल्लेख गर्दै उनले गान्धीको विरासतमा पनि त्यही अमर प्रकाश देखेको उल्लेख गरेका छन् ।

नयाँ दिल्ली — भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा उनले गान्धीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्व निर्माणको साझा यात्रालाई सधैं उज्यालो बनाइरहने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले नेपालका जनता र सरकारका तर्फबाट गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको जीवनले सत्यमा कुनै पनि शक्तिभन्दा अतुलनीय सामर्थ्य हुने प्रमाणित गरेको उल्लेख गरेका छन् ।

भगवान् गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको उल्लेख गर्दै उनले गान्धीको विरासतमा पनि त्यही अमर प्रकाश देखेको बताएका छन् । ‘करुणा नै सर्वोच्च शक्ति हो र साँचो नेतृत्व भनेको समाजका सबैभन्दा विनम्र मानिसको निःस्वार्थ सेवा गर्नु हो,’ उनले लेखेका छन् ।

नेपाल र भारत साझा भूगोलले मात्रै नभई आस्था, आत्मीयता र अटुट मित्रताको शाश्वत विरासतले जोडिएको उल्लेख गर्दै शाहले दुई देशबीचको सम्बन्धलाई इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्‍याएका छन् ।

दुई दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले यसअघि राष्ट्रपति भवनमा गार्ड अफ अनर लिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितमा नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा शाहले उक्त सम्मान लिएका हुन् । त्यसअघि राष्ट्रपति भवनमा मोदीले शाहलाई स्वागत गरेका थिए । प्रधानमन्त्री शाह गाडीबाट ओर्लिनेबित्तिकै मोदीले अंकमाल गरेर स्वागत गरेका थिए ।

राजघाटबाट  फर्किएपछि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा एक्लाएक्लै वार्ता हुनेछ । त्यसछि नेपाल र भारतबीचको प्रतिनिधिमण्डलस्तरीय वार्ताको कार्यक्रम छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
20h ago
प्रधानमन्त्री शाह सवार विमान इन्दिरा गान्धी विमानस्थलमा अवतरण

प्रधानमन्त्री शाह सवार विमान इन्दिरा गान्धी विमानस्थलमा अवतरण

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनी सवार नेपाल एयर लाइन्सको आरएनए२१७ विमान केही बेरअघ...

#शाह #गान्धी
Compare →
Bizshala
8m ago
हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी

नयाँ दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र...

#शाह
Compare →
Arthasansar
3h ago
प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने भएको छ।...

#शाह
Compare →
Nagarik News
4h ago
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै, महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै, महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ।

#रहे #शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612