गान्धीको समाधिस्थलमा पुगेर उनले आगन्तुक पुस्तिकामा लेखेका छन्- 'गान्धीको आदर्शको सम्मान गर्दै गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको दृढ प्रतिबद्धता व्यक्त गर्दछु ।'
नयाँ दिल्ली — प्रधानमन्त्री वालेन्द्र शाहले साँचो नेतृत्व भनेको समाजका सबैभन्दा विनम्र तथा कमजोर मानिसको निःस्वार्थ सेवा गर्नु रहेको बताएका छन् ।
भारत भ्रमणमा रहेका शाहले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जलि अर्पणपछि आगन्तुक पुस्तिकामा उनले गान्धीको विरासतमा अमर प्रकाश देखेको र करुणा नै सर्वोच्च शक्ति भएको उल्लेख गरेका छन् ।