वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ईभी गाडी र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर — मकवानपुरको चुरियामाई र रातमाटेको बीच जंगल क्षेत्रमा ईभी गाडी र स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ईभी गाडी र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।