Trending
Prev Story
Next Story

रोल्पामा गाडीबाट खसेर युवाको मृत्यु

Ekantipur •
November 19, 2026 • 07:02 AM
3
3 reads 0 reactions

पासपोर्ट बनाउन सदरमुकाम पुगेका घर्ती घर फर्किने क्रममा दुर्घटनामा परेपछि श्रीमती, दुई छोरी र वृद्ध आमाबुबा शोकमा डुबेका छन्।

रोल्पामा गाडीबाट खसेर युवाको मृत्यु

पासपोर्ट बनाउन सदरमुकाम पुगेका घर्ती घर फर्किने क्रममा दुर्घटनामा परेपछि श्रीमती, दुई छोरी र वृद्ध आमाबुबा शोकमा डुबेका छन्।

रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिका–५, जुगार नेर्पास्थित जनजागृति माध्यमिक विद्यालयको पश्चिम दक्षिण तिरको गेट नजिकै गुडिरहेको ईभी गाडीबाट खसेर एक युवाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गाडीमा यात्रारत त्रिवेणी गाउँपालिका–३, छापका युवा ३० वर्षीय गणेश घर्ती मगरको मंगलबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुका अनुसार मंगलबार बेलुकी  करिब ८:१५ बजे रोल्पा सदरमुकाम लिवाङबाट जुगार, लिङ्दुङ हुँदै सिमपानी तर्फ जाँदै गरेको भे १ ज १७६२ नम्बरको ईभीबाट खसेर घर्ती गम्भीर घाइते भएका थिए ।

टाउकोमा चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते उनलाई सुरुमा स्थानीय जुगारमा रहेको नेर्पा स्वास्थ्य चौकीमा प्राथमिक उपचारका लागि पुर्‍याइएको थियो। उपचारका क्रममा उनको स्वास्थ चौकीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना पछि गाडी चालक त्रिवेणी गाउँपालिका–६, कालिपानीका २५ वर्षीय राजु परियार र ईभी गाडीलाई नियन्त्रणमा लिइएको छ । थप अनुसन्धानका लागि प्रहरीले मंगलबार  राति करिब ११: ५० बजे नै चालक र गाडीलाई  इलाका प्रहरी कार्यालय होलेरीमा लगेको छ । घटनाका बेला गाडीमा रहेका अन्य आठ यात्रुलाई भने गन्तव्यतर्फ पठाइएको थियो ।

पासपोर्ट बनाउन सदरमुकाम  लिवाङ गएर घर फर्कने क्रममा युवा घर्ती दुर्घटनामा परेका थिए । दुई छोरी र श्रीमतीका साथै आमाबुबाको सहारा रहेका घर्तीको निधनले परिवार र गाउँ शोकमा डुबेको छ । दृष्टिविहीन आमाले दुःख गरेर हुर्काएका छोरा गुमाउँदा परिवारमा ठूलो बज्रपात परेको छ ।

दुर्घटनाभन्दा केही घण्टाअघि मात्रै सानी छोरीसँग चाउमिन खाँदै गरेको भिडियो सामाजिक सञ्जालमा उनले पोस्ट गरेका थिए, जुन  भिडियो अहिले परिवारका लागि अन्तिम सम्झना बनेको छ ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4d ago
गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु, १५ जना घाइते

गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु, १५ जना घाइते

बर्दियामा एक गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। थप १५ जना घाइते भएका छन्। बाँकेमा पनि गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा थप एक जनाको मृत्यु भएको छ। बर्दियामा गाडीको ठक्करबाट ब...

#गाडी #मृत्यु
Compare →
Onlinekhabar
15h ago
खर काटिरहेकी महिलाको भिरबाट लडेर मृत्यु

खर काटिरहेकी महिलाको भिरबाट लडेर मृत्यु

२ मंसिर, रोल्पा । रोल्पामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ जारखोलाका वर्ष ४५ कि दिलकुमारी खड्का रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । खड्का घर नजिकैको …

#रोल्पा #मृत्यु
Compare →
Nagarik News
2h ago
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ।

#मृत्यु
Compare →
Arthasansar
2d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#मृत्यु
Compare →
Bizshala
3d ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#मृत्यु
Compare →

Related Stories

Health & Wellness
Build #2612