तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।
कमिल मिशराले कीर्तिमानी शतक बनाएपछि चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर २ मा प्रवेश गरेको छ । श्रीलंकाली ब्याटर मिशराले १ सय २० रन बनाएपछि चितवनले बुधबार भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको छ ।
मिशरा र कप्तान रवि बोपाराले तेस्रो विकेटमा ९२ बलमा १ सय ५४ रनको साझेदारी गरेपछि टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ४ रन बनाएको थियो । जवाफमा आएको काठमान्डुले ९ विकेट गुमाई १ सय ४३ रनमात्र बनाउन सक्यो ।
चितवन पहिलो पटक इलिमिनेटरभन्दा माथि पुगेको हो । चितवनले फाइनलमा स्थान पाउन बिहीबार सुदूरपश्चिम रोयल्ससँग क्वालिफायर २ मा खेल्ने छ । लुम्बिनी लायन्सले यसअघि नै सुदूरपश्चिमलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । काठमान्डु लगातार दोस्रो वर्ष इलिमिनेटरबाटै बाहिरियो ।
तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।