Trending
Prev Story
Next Story

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

Onlinekhabar •
November 18, 2026 • 03:00 PM
2
2 reads 0 reactions 4 comments

काठमाडौं । कमिल मिशाराको शानदार शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । टीयू मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले काठमान्डु गोर्खाजलाई ६१ …

1 / 3
Swipe Photos

काठमाडौं । कमिल मिशाराको शानदार शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

टीयू मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको हो । चितवनले अब फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ । यस खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ओपनिङ ब्याटर कमिशल मिशाराको अविजित शतकमा मदतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । २०५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको काठमान्डुले पूरै २० ओभर ब्याटिङ गरेपनि ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

काठमान्डुका लागि विलियम बोसिस्टोले २८ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ३७ रन बनाए । भिम शार्कीले अविजित ३० रन जोडे । सहान अराचिगेले १३ बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन जोडे । रासिद खानले १२ रन बनाए । ओपनर साहिल पटेल दोस्रो ओभरमै व्यक्तिगत २ रनमा आउट भए । त्यसपछि विलियम बोसिस्टोले अर्का ओपनर साम हिजलेटसँग २५ रनको साझेदारी गरे । तर हिजलेट पनि पाँचौ ओभरमा व्यक्तिगत ३ रनमै आउट हा काठमान्डुले ३० रनमा २ विकेट गुमायो । त्यसपछि बोसिस्टोले रासिद खानलसँग तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे । बोसिस्टो, रासिद खान र सहान अरागिचेको विकेट गुमेपछि काठमान्डुले ९२ रनमा ६ विकेट गुमायो । सुरुमै विकेट गुमाएको काठमान्डुले कुनै पनि विकेटका लागि ठूलो साझेदारी गर्न सकेन र अलआउट भयो । कप्तान करण केसी र जहानदाद खान समान १ रनमा आउट भए । सोनु देवकोटाले ६ र सन्तोष यादव १० रनमा आउट भए । दशौँ नम्बरमा ब्याटिङमा आएका भिम शार्कीले १७ बल खेल्दै ३ छक्का मदतमा अविजित ३० रन बनाए । चितवनका लागि बलिङमा रिजन ढकालले शानदार बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । उसामा मिरले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । कुशल मल्ल र सलाउद्दिन खानले १-१ विकेट लिए । ……….. मिशाराको शतक, चितवनको दुई सय रन चितवनका लागि एनपीएलमा अहिलेसम्मकै उच्च स्कोर बनाउने कमिल मिशाराले अविजित १२० रन बनाए । यसअघि चितवनले यसै सिजन लिग चरणमा काठमान्डु विरुद्ध बनाएको १७० रन टिमको उच्च स्कोर थियो । उक्त खेलमा चितवन १० रनले पराजित भएको थियो । मिशाराले करियरको तेस्रो टी२० शतक बनाउने क्रममा अविजित १२० रन बनाए । उनले ५९ बल खेल्दै ५ चौका र १० छक्का प्रहार गरे । यस्तै रवि बोपारले ५३ रन जोडे । यस सिजन कुनै पनि टिमले २०० रन भन्दा माथिको योगफल बनाएको यो तेस्रो पटक हो । यसअघि पोखरा एभेन्जर्सले कर्णाली याक्स विरुद्ध २१७ र काठमान्डु विरुद्ध नै २२४ रन बनाएको थियो । पहिलो विकेटका लागि मिशाराले देव खनालसँग २२ रनको साझेदारी गरेका थिए । तर चौथो ओभरमा काठमान्डुका कप्तान करण केसीले देव खनाल र डाविड मालानलाई लगातार आउट गरेपछि चितवन २२-२ को स्थितीमा पुगेको थियो । देवले १५ बल खेल्दै २ चौका र १ छक्का मदतमा १७ रन बनाए । मालान पहिलो बलमै क्याचआउट भएका थिए । त्यसपछि मिशाराले कप्तान रवि बोपारासँग मिलेर तेस्रो विकेटका लागि शतकिय साझेदारी गरे । यो जोडीले तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गरे । एनपीएलमा चितवनको यो अहिलेसम्मको उच्च साझेदारी हो भने समग्रमा तेस्रो ठूलो साझेदारी हो । १९औं ओभरको तेस्रो बलमा काठमान्डुका रासिद खानले बोपारालाई बोल्ड गरेपछि यो साझेदारी तोडेका थिए । बोपाराले यस सिजन एनपीएलमा दोस्रो अर्धशतक प्रहार गरेका हुन् । उनले ४२ बलमा ३ चौका र २ छक्का मदतमा ५३ रन बनाए । त्यसपछि विवेक यादवले ३ बल खेल्दै २ चौका मदतमा ८ रन बनाएर आउट भए । काठमान्डुका कप्तान करण केसी र रासिद खानले २-२ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
एनपीएल पहिलो क्वालिफायरः फाइनलमा पुग्ने लक्ष्यसहित लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल पहिलो क्वालिफायरः फाइनलमा पुग्ने लक्ष्यसहित लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आजदेखि प्लेअफ चरणका खेल सुरू हुँदैछन् । प्लेअफको पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प...

#एनपीएल #प्रिमियर-लिग #क्वालिफायर
Compare →
Arthasansar
4h ago
एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
4h ago
इलिमिनेटरमा काठमान्डु र चितवन भिड्दै

इलिमिनेटरमा काठमान्डु र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाउने हुनेछ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Nagarik News
1d ago
१०५ रनमै रोकियो सुदूरपश्चिम, फाइनल पुग्न लुम्बिनीलाई सहज लक्ष्य

१०५ रनमै रोकियो सुदूरपश्चिम, फाइनल पुग्न लुम्बिनीलाई सहज लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु जितका लागि १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →

Related Stories

National (Nepal)
Build #2612