Trending
Prev Story
Next Story

निद्रामा हातखुट्टा चलाउने, चिच्याउने बानी कुनै रोगको संकेत हो ?

Onlinekhabar •
November 17, 2026 • 12:01 PM
3
3 reads 0 reactions 4 comments

निद्राको समयमा प्राय मानिस शान्त रहन्छ । जब मान्छे मस्त निद्रामा हुन्छ, त्यति बेला श्वास फेर्ने र हल्का चलमलाउने बाहेकका गतिविधि हुँदैनन् । तर यो कुरा सबैमा लागू हुँदैन । कोही–कोही निद्रामै बोल्ने, चिच्याउने, हातगोडा …

निद्रामा हातखुट्टा चलाउने, चिच्याउने बानी कुनै रोगको संकेत हो ?

निद्राको समयमा प्राय मानिस शान्त रहन्छ । जब मान्छे मस्त निद्रामा हुन्छ, त्यति बेला श्वास फेर्ने र हल्का चलमलाउने बाहेकका गतिविधि हुँदैनन् । तर यो कुरा सबैमा लागू हुँदैन । कोही–कोही निद्रामै बोल्ने, चिच्याउने, हातगोडा धेरै चलाउने जस्ता अनियत्नित गतिविधिहरू गरिरहेका हुन्छन् ।

सपनामा देखेर त्यसको प्रतिक्रिया भौतिक रूपमा देखाउने बानी पनि धेरैको हुन्छ ।

यसलाई ती व्यक्तिको बानीका रूपमा बुझिन्छ र समान्य रुपमा लिइन्छ । तर सधैं यस्तो भइरहन्छ भने त्यो समान्य होइन । यो कुनै स्वास्थ्य समस्याको संकेत हुन सक्छ, जसलाई लामो समयसम्म बेवास्ता गर्नु हुँदैन।

आफ्नो पार्टनरले सुतेका बेला यस्तो व्यवहार देखाउने र त्यसले कहिलेकाहीँ आफूलाई चोटपटक समेत लाग्ने गरेको गुनासो कसैकसैले सुनाउने गर्छन् ।

आखिर किन देखिन्छ त यस्तो व्यवहार ? यसबाट बच्चा उपायहरू के-के हुन्छन् ?

निद्रामा हातखुट्टा चलाउने, चिच्याउने वा अनियन्त्रित शारीरिक गतिविधि गर्ने अवस्थालाई चिकित्सकीय भाषामा र्‍यापिड आई मुभमेन्ट ( रेम ) स्लिप बिहेभियर डिसअर्डर( आरबीडी ) भनिन्छ ।

अमेरिकन ब्रेन फाउन्डेसनका अनुसार, सामान्य अवस्थामा निद्राका क्रममा व्यक्तिको शरीर धेरै हदसम्म स्थिर रहन्छ । तर रेम स्लिप बिहेभियर डिसअर्डर भएका व्यक्तिमा हातखुट्टा चलाउने, चिच्याउनेलगायतका लक्षण देखिन सक्छन् ।

यो स्नायुसम्बन्धी समस्या हो, जसका कारण व्यक्ति निद्रामा अनियन्त्रित रूपमा शारीरिक गतिविधि गर्न थाल्छ । निद्राको रेम चरणमा सबैभन्दा बढी सपना देखिन्छन्। सामान्य अवस्थामा यस चरणमा शरीरका मांसपेशीहरू शिथिल रहने भएकाले मानिसले सपनामा देखेका गतिविधि वास्तविक रूपमा गर्न सक्दैनन् । तर आरबीडी भएका व्यक्तिमा यस्तो नियन्त्रण कमजोर हुने भएकाले उनीहरू सपनाअनुसार शारीरिक गतिविधि गर्न सक्छन्।

यस्ता व्यक्तिले निद्रामा बोल्ने, विभिन्न आवाज निकाल्ने, चिच्याउने, ओछ्यानबाट खस्ने वा हातखुट्टा जोडले चलाउने गर्न सक्छन् । विशेषगरी स्पष्ट र डरलाग्दा सपना देखेका बेला यस्तो व्यवहार बढी देखिन सक्छ।

अमेरिकन ब्रेन फाउन्डेसनका अनुसार, यस्तो अनियन्त्रित शारीरिक गतिविधिका कारण व्यक्तिले आफैँलाई वा सँगै सुतिरहेको पार्टनरलाई चोट पुर्‍याउन सक्छ । त्यसैले यो समस्यालाई बेवास्ता गर्नु हुँदैन ।

कतिपय मानिसले यस्तो व्यवहारलाई सामान्य झट्का वा नराम्रो सपना देखेका कारण भएको ठान्छन् । तर सधैँ त्यस्तो नहुन सक्छ । आरबीडी निद्रासँग सम्बन्धित एउटा गम्भीर समस्या हो, जसको सम्बन्ध मस्तिष्क र स्नायु प्रणालीसँग हुन्छ ।

यसको गहिरो सम्बन्ध लेवी बडी डिमेन्सिया, पार्किन्सन्स रोग र मल्टिपल सिस्टम एट्रोफी जस्ता रोगसँग पनि हुन सक्छ ।

ध्यान दिनुपर्ने कुरा के छ भने, यदि कुनै व्यक्तिमा आरबीडीको समस्या अचानक देखिन थाल्छ भने यो न्युरोडिजेनेरेटिभ डिसअर्डरको प्रारम्भिक संकेत पनि हुन सक्छ।

कस्ता व्यक्तिमा यो रोगको जोखिम बढी हुन्छ ?

अब प्रश्न उठ्छ, आखिर कसलाई यो समस्याको जोखिम बढी हुन्छ ? अमेरिकन ब्रेन फाउन्डेसनका अनुसार, पहिले नै केही न्युरोडिजेनेरेटिभ रोगबाट पीडित व्यक्तिमा आरबीडी हुने सम्भावना बढी हुन्छ।

–पार्किन्सन्स रोगबाट पीडित व्यक्ति।

–मल्टिपल सिस्टम एट्रोफी भएका व्यक्ति।

त्यस्तै, नार्कोलेप्सी नामक निद्रासम्बन्धी समस्याबाट पीडित व्यक्तिमा पनि आरबीडी हुने जोखिम हुन्छ । नार्कोलेप्सी यस्तो अवस्था हो, जसमा दिनको समयमा अत्यधिक निद्रा लाग्ने समस्या हुन्छ ।

यसका अतिरिक्त केही औषधिको प्रयोग, मदिरा तथा लागुऔषध सेवन, धूमपान र टाउकोमा पहिले लागेको चोटका कारण पनि आरबीडी हुन सक्छ ।

अमेरिकन ब्रेन फाउन्डेसनका अनुसार, महिलाको तुलनामा पुरुषमा आरबीडी हुने सम्भावना ९ गुणा बढी हुन्छ ।

विशेषगरी ५० वर्ष उमेर कटेका पुरुषमा यसको जोखिम बढी देखिन्छ । तर कम उमेरका व्यक्ति, महिला, युवा तथा बालबालिकामा पनि यसको समस्या देखिन सक्छ ।

स्लीप बिहेभियर डिसअर्डरका लक्षण कस्ता हुन्छन् ?

–निद्रामा अचानक हातखुट्टा जोडले चलाउने।

–निद्रामा हातले हान्ने, मुक्का प्रहार गर्ने वा खुट्टाले लात हान्ने।

–निद्रामा बोल्ने, चिच्याउने, हाँस्ने वा रुने।

–कसैले पछ्याइरहेको वा आफूलाई आक्रमण गरिरहेको जस्ता डरलाग्दा सपना देख्ने र त्यहीअनुसार शारीरिक गतिविधि गर्ने।

–यस्ता अवस्थामा व्यक्तिलाई आफूले निद्रामा गरेका गतिविधिबारे थाहा नहुन पनि सक्छ।

अमेरिकन ब्रेन फाउन्डेसनका अनुसार, आरबीडीको सुरुवात बिस्तारै वा अचानक हुन सक्छ । यसको लक्षण कहिलेकाहीँ मात्र देखिन सक्छ भने कसैमा नियमित रूपमा पनि देखिन सक्छ । एकै रातमा धेरै पटक यस्तो घटना दोहोरिन पनि सक्छ ।

समय बित्दै जाँदा यो समस्या बढ्दै जान सक्छ र लक्षणहरू गम्भीर हुन सक्छन् । त्यसैले यस्ता लक्षण देखिएमा समयमै चिकित्सकीय जाँच गराउनु आवश्यक हुन्छ।

हालसम्म यस्तो समस्याको पूर्ण उपचार उपलब्ध छैन । यद्यपि, चिकित्सकको सल्लाहअनुसार औषधि तथा अन्य व्यवस्थापनका उपाय अपनाएर लक्षण नियन्त्रण गर्न सकिन्छ ।

अमेरिकन ब्रेन फाउन्डेसनका अनुसार, स्लीप बिहेभियर डिसअर्डर भएका व्यक्तिका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा निद्राका क्रममा सुरक्षित वातावरण तयार गर्नु हो। यसका लागि निम्न उपाय अपनाउन सकिन्छ :

–ओछ्यान वरिपरि रहेका धारिला तथा तिखा वस्तु हटाउने।

–बिरामीको सुरक्षाका लागि आवश्यकताअनुसार स्लीपिङ ब्याग, तकिया वा बेड रेलको प्रयोग गर्ने।

–ओछ्यानबाट खस्ने जोखिम भएमा ओछ्यानको छेउमा भुइँमा गद्दा बिछ्याउने।

–निद्राका क्रममा चोट लाग्न सक्ने फर्निचर तथा अन्य वस्तुहरू ओछ्यानबाट टाढा राख्ने।

यसका अतिरिक्त मदिरा सेवन पूर्ण रूपमा बन्द गर्नु पनि आवश्यक हुन्छ। किनकि मदिराले आरबीडीका लक्षण तथा समस्या दोहोरिने घटना बढाउन सक्छ र अवस्थालाई थप गम्भीर बनाउन सक्छ ।

स्नायुसम्बन्धी कुनै रोग छ भने त्यसको उपचार गराउनु जरुरी हुन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
सम्बन्धमा मौनताको पर्खाल : कतै आफ्नै बानीले प्रेममा दूरी त ल्याउँदै छैन?

सम्बन्धमा मौनताको पर्खाल : कतै आफ्नै बानीले प्रेममा दूरी त ल्याउँदै छैन?

सम्बन्धहरू सधैँ ठुलो झगडा वा धोकाका कारण मात्र टुट्दैनन्। कतिपय अवस्थामा दूरीहरू निकै शान्त रूपमा जीवनमा भित्रिन्छन्- नभनिएका सन्देश, विनाकारणको विवाद र कुराकानी कहिले झगडामा परिणत हुन्छ भन्नेसम्म ...

#बानी
Compare →
Ekantipur
1w ago
भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा संचालन

भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा संचालन

नयाँ सेवाले श्वासप्रश्वास, सघन उपचार र निद्रासम्बन्धी समस्या भएका बिरामीलाई निजी अस्पतालको महँगो उपचारमा निर्भर हुनुपर्ने बाध्यता घटाउनेछ।

#निद्रा #रोग
Compare →

Related Stories

Health & Wellness
Build #2612