Trending
Prev Story
Next Story

भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा संचालन

Ekantipur •
November 04, 2026 • 07:01 AM
1
1 reads 0 reactions

नयाँ सेवाले श्वासप्रश्वास, सघन उपचार र निद्रासम्बन्धी समस्या भएका बिरामीलाई निजी अस्पतालको महँगो उपचारमा निर्भर हुनुपर्ने बाध्यता घटाउनेछ।

भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा संचालन

नयाँ सेवाले श्वासप्रश्वास, सघन उपचार र निद्रासम्बन्धी समस्या भएका बिरामीलाई निजी अस्पतालको महँगो उपचारमा निर्भर हुनुपर्ने बाध्यता घटाउनेछ।

नेपालगन्ज — पश्चिम नेपालका बिरामीलाई सेवा दिँदै आएको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा फोक्सो तथा श्वासप्रश्वास रोग, सघन उपचार (क्रिटिकल केयर) र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ ।

अस्पतालले पहिलो पटक मंगलबारदेखि यी तीन विधाका विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको हो । यससँगै फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या, जटिल अवस्थाका बिरामीको सघन उपचार तथा निद्रासम्बन्धी समस्याको पहिचान, परीक्षण र उपचारका लागि बिरामीले अस्पतालमै विशेषज्ञ सेवा पाउने भएका छन् ।

नयाँ सेवाको अस्पताल विकास समितिका अध्यक्ष डा. लक्ष्मण सिग्देल, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल, प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईं, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे र नर्सिङ प्रमुख पद्मादेवी देवकोटालगायतले संयुक्त रूपमा उद्घाटन गरे ।

प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. दर्नालले नयाँ सेवा सुरु भएसँगै फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका र सघन उपचार आवश्यक पर्ने बिरामीलाई सहज हुने बताए । अब यस्ता बिरामीले महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता कम हुने उनको भनाइ छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा. सिग्देलले विशेषज्ञ स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयासलाई अस्पतालले निरन्तरता दिँदै आएको बताए । अस्पतालका अनुसार नयाँ विशेषज्ञ सेवा ओपीडी कक्ष नम्बर ७ (ए) बाट हरेक साताको मंगलबार र बिहीबार उपलब्ध हुनेछ ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
अस्पतालको नाम फेरियो, तर उपचार उस्तै !

अस्पतालको नाम फेरियो, तर उपचार उस्तै !

नाम फेरियो, सेवा क्षेत्र पनि विस्तार गर्ने पनि भनियो । तर उपचारका लागि चाहिने पूर्वाधार, विशेषज्ञ जनशक्ति र उपकरण नहुँदा उदयपुरको कटारी प्रादेशिक अस्पतालको अवस्था उस्तै छ । प्रदेश सरकारले १५ शय्याक...

#उपचार #अस्पताल
Compare →
Onlinekhabar
1d ago
मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र

मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र

२६ कात्तिक, काठमाडौं । कार्यस्थलमा करेन्ट लागेर गम्भीर घाइते  इलामका मिलनकुमार नेम्वाङ लिम्बू उपचार पूरा भए पनि घर फर्किन पाएका छैनन् । उपचारमा लागेको खर्च मुख्य ठेकेदारले नतिरेपछि उनी कीर्तिपुरस्थित बर्न अस्पतालमै रोकिएका छन् । १० …

#उपचार #अस्पताल
Compare →
Nagarik News
1w ago
जुम्लामै ४३ जनाको ईएनटी शल्यक्रिया, एक हजारभन्दा बढी लाभान्वित

जुम्लामै ४३ जनाको ईएनटी शल्यक्रिया, एक हजारभन्दा बढी लाभान्वित

विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका कर्णालीका नागरिकले अब आफ्नै क्षेत्रमा कान, नाक तथा घाँटी (ईएनटी) सम्बन्धी विशेषज्ञ उपचार सेवा पाउन थालेका छन्।

#उपचार #विशेषज्ञ
Compare →
Bizshala
11h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#अस्पताल
Compare →

Related Stories

Health & Wellness
Build #2611