२७ कात्तिक, जनकपुरधाम । श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमा मृत फेला परेपछि स्थानीय बासिन्दाहरूले जनकपुर–ढल्केबर सडकखण्ड अवरुद्ध गरेका छन् ।
जनकपुर–ढल्केबर सडकखण्डको क्षिरेश्वरनाथ नगरपालिका कुम्हरौलस्थित रडक जाम गरेका हुन् ।
तीनदिनदेखि सम्पर्कविहीन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ निवासी ४५ वर्षीय मैतु सदाको शव प्रादेशिक अस्पतालको शव गृह नजिक बिहीबार मृत फेला परेका थिए ।
प्रादेशिक अस्पतालमा उपचाररत श्रीमतीको कुरुवा बसेका उनी सम्पर्क विहीन भएर मृत फेला परेपछि उनको हत्या भएको परिवारजनको दाबी छ ।
मृतकका आफन्तहरूले घटनाको निष्पक्ष छानबिन, दोषीहरू माथि कारबाही र क्षतिपूर्तिसहितको माग गर्दै सडक अवरुद्ध गरेका हुन् ।
हिजो स्थानीय तथा आफन्तहरूले प्रादेशिक अस्पतालमा समेत प्रदर्शन गरेका थिए ।